प्रदेश-१मा पनि कांग्रेसले गर्‍यो संसद अवरुद्ध

जनपत्र
२८ माघ २०७६, मंगलवार ०६:४१

ललिता निवास जग्गा प्रकरणका कारण प्रदेश एकस्थित प्रदेश सभा बैठक सोमबार पनि अवरुद्ध भएको छ।विराटनगरस्थित प्रदेश सभा भवनमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले बैठक सुरु हुन साथ अवरोध गरेका थिए। सभामुख प्रदीपकुमार भण्डारीले कांग्रेसका सांसदहरुले सभाहलमा उठेर विरोध गरेपछि बस्नका लागि आव्हान गरेका थिए।

सभामुख भण्डारीले उल्लेखित विषय प्रदेशसभाबाट समाधान नहुने भएको र अदालतमा विचाराधिन मुद्धा पनि भएकाले बसेर बैठक सञ्चालनमा सहयोग गर्न अनुरोध गरेका थिए। तथापी कांग्रेस सांसदहरुले सभामुख भण्डारीको आव्हानलाई वेवास्ता गर्दै निरन्तर उठेर बिरोध गरिरहेपछि सभामुख भण्डारीले मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए।

ललिता निबासको जग्गा प्रकरणमा सत्तापक्षका नेतालाई जोगाउने र प्रतिपक्षका नेतालाई फसाउने गरी अख्तियारले मुद्दा दायर गरेको भन्दै कांग्रेसले प्रदेश १ को संसद बैठक आइतबार देखि अबरुद्ध गर्दै आएको छ। सोमबारको बैठकमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैतले प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयकलाई प्रस्तावस्वरुप प्रस्तुत गर्ने कार्यसूचि थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*