रुविनालाई अफर भएको थियो ‘क्याप्टेन’
आउँदो फागुन २ गतेबाट प्रदर्शन हुने फिल्म ‘लभ डायरीज’ बाट अभिनयमा डेब्यू गर्न लागेकी रुविना थापालाई पनि अनमोलसँग फिल्म ‘क्याप्टेन’ मा रोमान्स गर्ने प्रस्ताव आएको थियो । तर, यो फिल्म आफूलाई अफर भएको कुरा उनले आइतबार ‘लभ डायरीज’ निर्देशक सौरभ चौधरीले बताएपछि मात्र थाहा पाइन् । सौरभले रुविनालाई यो कुराको जानकारी नै दिएका रहेनछन् ।
आइतवार पुतलीसडकमा रहेको कफी एभिन्यूमा ‘लभ डायरीज’ को विषयमा पत्रकारसँग कुराकानी गर्ने क्रममा निर्देशक चौधरीले रुविनालाई डेब्यू फिल्म प्रदर्शन नहुँदै अन्य फिल्मबाट आएको प्रस्तावको बारेमा जानकारी दिँदै भने( ‘निर्देशक दीवाकर भट्टराईले ‘क्याप्टेन’ का लागि अभिनेत्रीमा रुविनालाई अफर गर्नुभएको थियो । अरु केही फिल्मबाट पनि उनलाई प्रस्ताव भएको थियोरछ ।’
‘क्याप्टेन’ छाड्दा पश्चताप महशुस भएको छ रु पत्रकारको प्रश्नमा रुविनाले भनिन्, ‘यो फिल्म मलाई अफर भएको अहिले भर्खर थाहा हुँदैछ । तर, मैले ‘लभ डायरीज’ बाटै डेब्यू गर्न चाहेको थिएँ । त्यसैले मलाई प्रस्ताव भएका फिल्म नगरेकोमा कुनै पश्चताप छैन ।’ उनले अहिले पनि आफूलाई फिल्मबाट अफर आउने गरेको तर ‘लभ डायरीज’ प्रदर्शन अगाडि कुनै फिल्म नगर्ने बताइन् ।
‘क्याप्टेन’ बाट अभिनेत्रीमा प्रस्ताव भएको जानकारी रुविनासम्म नपुर्याउनुको कारणबारे निर्देशक सौरभ चौधरीले भने( ‘उहाँले पहिलो पटक साइन गरेको फिल्म ‘लभ डायरीज’ हो । त्यसैले मैले यो फिल्मभन्दा अगाडि उहाँलाई अर्को फिल्मबाट डेब्यू गर्नबाट ‘होल्ड’ गरेको मात्र हो ।’ उनले रुविनासँग आफूले निर्देशन गर्ने नयाँ फिल्मका लागि पनि कागजी सम्झौता भैसकेको बताए ।







