सांसद, मेयरलगायत २०८ जना जनप्रतिनिधि ठेकेदार
निर्वाचनमा सजिलै टिकट कसले पाउँछ रु जसले राजनीतिक नेतृत्वलाई पैसा दिन्छ । पैसाको बलमा टिकट पाउने ठेकेदारले मात्र होइन, ठेकेदारसँग प्रतिस्पर्धा गर्ने राजनीतिक कार्यकर्ताले पनि पैसाकै खोलो बगाउनुपर्ने बाध्यता छ ।
निर्माण व्यवसायी महासंघ र जिल्लास्थित निर्माण ब्यवसायी संघबाट संकलन गरेको सूचीअनुसार बडासदस्यदेखि संघीय सांसदसम्म दुईसय आठ जनप्रतिनिधी ठेकेदार छन् । संघीय संसदमा नै ६ सांसद छन् । प्रदेशमा १८ सांसद ठेकेदार छन् । स्थानीय तहमा एक सय ८४ जनप्रतिनिधि ठेकेदार छन् । यी मध्ये ३८ जना स्थानीय तहको प्रमुख नै छन् ।
प्रतिनिधिसभा सांसद
जिपछिरिङ लामा–कांग्रेसबाट समानुपातिक (लामा कन्स्ट्रक्सन प्राली)
बहादुरसिंह लामा–कांग्रेसबाट समानुपातिक (हिमढुंगा एन्ड थोकर)
मोहन आचार्य, रसुवा–कांग्रेसबाट (रसुवा कन्स्ट्रक्सन प्राली)
धनबहादुर बुढा, डोल्पा–नेकपाबाट (हिमाली निर्माण सेवा)
प्रेम तुलाचन, मुस्ताङ, नेकपाबाट (अमित बिल्डर्स)
हरिनारायणप्रसाद रौनियार, पर्सा, संघीय समाजवादी (पप्पु कन्स्ट्रक्सन प्राली) (नयाँ पत्रिका दैनिकबाट






