विजय गच्छदारको नाममा मात्र आन्दोलन गर्दा कांग्रेस कमजोर !

जनपत्र
२५ माघ २०७६, शनिबार ०६:४४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार ललिता निवास जग्गा अनियमितताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्यो । ‘ठूला माछा’ अर्थात पटक–पटक मन्त्री भइसकेका कांग्रेस नेता विजयकुमार गच्छदार पनि मुद्दामा मुछिए । नेपाली कांग्रेसले पूर्वाग्रही भएर गच्छदारलाई पनि मुद्दा चलाइएको दावीसहित विरोध सुरु गरेको छ ।

संवैधानिक सर्वोच्चताको वकालत गर्ने कांग्रेसले आफ्ना नेतालाई भ्रष्टाचारको मुद्दा लगाएकोमा आपत्ति जनाएको छ । उसले वदनियतपूर्वक गच्छदारलाई मुछिएको तर, तत्कालीन प्रधानमन्त्रीहरुलाई छोडिएको बताएको छ । जानकारहरुले भने कांग्रेसले भ्रष्टाचारमा मुछिएका गच्छदारको पक्षमा भन्दा पनि संलग्न भनिएका अरु उच्चतहकालाई पनि कारवाही गर्न माग गर्नुपर्ने सुझाव दिएका छन् । राजनीतिका जानकारहरुले आफ्नो नेता गच्छदार मात्र छुटाउने गरी आन्दोलन गर्दा कांग्रेस नै कमजोर हुने बताएका छन् ।

तर कांग्रेस नेता÷कार्यकर्ताहरु यसमा सहमत देखिदैनन् । उनीहरु सडकदेखि सदनसम्म आन्दोलनमा छन् । राजनीतिक पूर्वाग्रहका आधारमा मात्र गच्छदारलाई मुछिएको उनीहरुको स्पष्ट भनाइ छ । त्यसैले सडकदेखि सदनसम्मको आन्दोलन सुरु गरेको उनीहरुको तर्क छ । संवैधानिक सर्वोच्चता र शक्ति पृथकीकरणलाई आफ्नो मूलमन्त्र बनाएको कांग्रेसले संवैधानिक आयोगको निर्णय विरुद्ध किन आन्दोलन गर्नुप¥यो ?

सरकारी जग्गा ब्यक्तिका नाममा ल्याउने विषयमा नीतिगत निर्णय गर्ने तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईको विषयमा क्षेत्राधिकार बाहिरको विषयभन्दै अख्तियार पन्छिएको छ । त्यस्तै जग्गा फिर्ता गर्न तयार भएको भन्दै एमाले महासचिव विष्णु पौडेलका छोरा नविन पौडेललाई उन्मुक्ति दिएर राजनीतिक प्रभावमा परेको कांग्रेसको आरोप छ । कांग्रेसको हालैको आन्दोलनलाई उसकै पार्टीभित्र पनि फरक–फरक मत देखिन्छ । आन्दोलनमा एकमत रहेपनि गच्छेदारको नाममा मात्र आन्दोलन कि अन्य संलग्न भनिएका नेताहरुलाई समेत कारवाहीको माग राख्ने भन्ने धारणाहरु आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*