छाना र भित्ता नै नभएको अनौठो होटल !

विश्वमा सुविधा सम्पन्न तारे होटलहरु धैरै छन् । तर स्वीट्जरल्याण्डमा यस्तो अनौठो होटेल छ । जसको छाना र भित्ता नै छैन । यही कारण लोकप्रिय समेत बनेको छ ।
नल स्टर्न नाकम यो होटलको न त छाना छ, न त कुनै भित्ताहरु । खुल्ला आकाशमुनि खुल्ला ठाउँमा राखिएको बेडहरु नै यो होटलका संरचना हुन् । एउटा डाँडाको टुप्पामा रहेको यो होटलमा बाथरुमको पनि कुनै व्यवस्था छैन । स्विजरल्याण्डका दुईजना कलाकार फ्रेंक र रिकलिनले यो होटल बनाएका हुन् । विस्तारै ग्राहकहरुले यसलाई मन पराउन थालेपछि पर्यटकका लागि यो खुल्ला गरियो ।
खुल्ला आकाशमुनि चउरमा रहेको यो होटलमा बास बस्नु निकै महंगो छ । यहाँ एक रातका लागि अढाई सय डलर खर्च गर्नुपर्दछ ।