बानेश्वरमा मृत भेटिएका नेकपा नेता गिरीको निस्पक्ष छानविनको माग

जनपत्र
२३ माघ २०७६, बिहीबार ०६:३१

काठमाडौंको बानेश्वरमा मृत अवस्थामा भेटिएकानेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेता हरिदेव गिरीको हत्या भएको भन्दै उनका पिताले निस्पक्ष छानविनको माग गरेका छन् । मृतक गिरीका ७४ वर्षीय पिता शिवशंकर गिरीले रेष्टुरेष्टमा कुटपिट गरी छोराको हत्या भएको भन्दै निष्पक्ष छानविन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन् ।

उनले महानगरीय प्रहरी वृत्त बानेश्वरमा ज्यान मुद्धासम्बन्धी जाहेरी दिइ घटनाको निष्पक्ष छानविन गरी हत्यामा संलग्नलाई कारबाही गर्न माग समेत गरेका छन् । महानगरीय प्रहरी बृत्त वानेश्वरका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले घटनाको अनुसन्धान शुरु गरेको र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै यकिन रुपमा भन्न सकिने बताएका छन् ।

नेपाल दशनामी समाजका केन्द्रीय कोषाध्यक्ष समेत रहेका गिरी मंगलबार राति काठमाण्डौको बानेश्वर, आलोकनगरमा रहेको डि चिफ एण्ड किचन रेष्टुरेष्टमा मृत अवस्थामा भेटिएका थिए । उनी नेपाल कम्युनिष्ट पार्टी काभ्रेका नेता एवं प्याब्सन भक्तपुरका सल्लाहकारसमेत रहेका थिए ।

५१ वर्षीय गिरीको शरीरका विभिन्न अंग र छातीमा निलडाम रहेको, नाक, माथिल्लो ओठमा गहिरो चोट लागेको अवस्थामा अवस्थामा मृत भेटिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*