राजनीतिमा महिला नेतृत्व आउन अझै कठिन

हेटौंडा । गाउँ गाउँदेखिबाट शहर र जिल्ला स्तर हुँदै केन्द्रीय तहसम्म पनि राजनीतिमा महिलाहरु ऋाउनका लागि अझै निकै बाधा र समस्या आउने गरेको आज गढीमा आयोजित कार्यक्रमका सहभागिहरुले वताएका छन् । नारी सिप सृजना केन्द्र मकवानपुरको आयोजना तथा अक्सफामको सहयोगमा उनीको आवाज सुनौं भन्ने अभियान सहित मकवानपुर गढी गाउँपालिकामा आज राजनीतिमा महिला नेतृत्व सम्वन्धी समुदाय स्तरिय अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तोकुरा वताएका हुन् ।
अझै जिल्लाको गाउँ गाउँमा घरबाट निस्कीएर काम गर्नका लागि धेरै खालका समस्याहरु परेको महिलाहरुले गुनासो गरेका छन् । विभीन्न तह र क्षेत्रबाट प्रतिनिधित्व गर्ने गढी गाउँपालिकाका महिलाहरुले आफुहरुले अवसर पाएमा जुनसुकै नेतृत्व तहमा काम गर्न सक्ने वताएका छन् । तर, घरधन्दा, घासपात, वालबच्चा स्याहार्ने लगायतका कामका कारण कुनैपनि अवसरबाट वन्चित हुनुपरेको वताएका हुन् ।
कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका कार्यबाहक अध्यक्ष विष्णु ओझा, बागमती प्रदेशसभाका सदस्य तथा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देल, मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष हर्कमायाँ रुम्वा, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य मानकुमारी नेपाली, अक्सफाम नेपालका कार्यक्रम संयोजक विपना रिमाल, नारी सिप सृजना केन्द्र मकवानपुरका कोषाध्यक्ष कल्पना विक, केन्द्रका कार्यकारी निर्देशक चिरन्जीवी पौडेल लगायतकाले मन्तव्इ ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सहभागि अतिथीहरुले आफुहरुले यसक्षेत्रमा गरेका दुख पीडा, समस्या, अहिलेका चुनौका विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रम नारी सिप सृजना केन्द्रका अध्यक्ष सरस्वती वतौलाको अध्यक्षतामा भएको हो । कार्यक्रममा चेतनामुलक नाटक समेत प्रर्दशन गरिएको थियो ।