विश्वकप लिग–२ : नेपाल र ओमानबीचकाे खेल बिहान १० बजेपछि सुरु

जनपत्र
२२ माघ २०७६, बुधबार ०७:३३

आईसीसीबाट चार वर्षका लागि एकदिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो एकदिवसीय सिरिज खेल्दै छ ।आईसीसी विश्वकप लिग–२ का लागि नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज कीर्तिपुर मैदानमा बुधबारदेखि सुरु हुन लागेको हो । प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र ओमानबीचको खेल बिहान १० बजेदेखि सुरु हुने छ ।

नेपालले यसअघि विदेशी भूमिमा ६ वटा एकदिवसीय क्रिकेट प्रतियोगिता खेले पनि नेपालमा भने खेलेको थिएन । एकदिवसीय मान्यता पाएपछि पहिलो सिरिज घरेलु मैदानमा हुन लागेको हो । आईसीसी विश्वकप लिग–२ मा नेपालको लक्ष्य पनि शीर्ष दुईमा रहेर अन्त्य गर्ने कप्तान ज्ञानेन्द्र मल्लले बताए ।

यस्तो छ नेपाली टिमः ज्ञानेन्द्र मल्ल ९कप्तान०, दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, कुशल मल्ल, अभिनास बोहरा, ललित नारायण राजवंशी, कमलसिंह ऐरी, शरद भेषवाकर, सन्दीप लामिछाने, रोहित कुमार पौडेल र सुशन भारी ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*