१८० डिग्रीमा गर्दन घुमाउने गर्थे यी बालकले

जनपत्र
२१ माघ २०७६, मंगलवार ०६:४६

भारतमा एक अनौठा बालक छन् । १३ बर्षीय महेन्द्र अहरीवार को गर्दन घुम्ने समस्या छ । पहिलेदेखिनै महेन्द्र गर्र्दन घुम्ने समस्याबाट पिडित छन् । उनको गर्दन १८० डिग्रीको कोणमा घुम्ने गर्छ । उनी भारतको मध्ये प्रदेशमा बस्ने ४१ बर्षिया बुबा मुकेश अहिरवार र आमा सुमित्रा अहिरवार छोरा हुन् ।

उनको गर्दन देखाउन ५० भन्दा बढी डक्टरको पुगे पनि आजसम्म उनको गर्दन ठिक भएन । जन्मेको ६ महिनादेखी गर्दन घुमाउन शुरु गरेका उनी अहिले १८० डिग्री कोणमा घुमाउने गर्छन् । गर्दनकै कारण महेन्द्र ठिकसंग बस्न पनि सक्दैनन् ।

अनौठो रोगबाट पिडितउनको गर्दन सहित हात खुट्टा पनि कमजोर छन् । उनलाई शौच गर्न, कपडा लगाउन र खाना खुलाउन पनि उनकी आमाले नै गर्छिन् । मुकेशको महेन्द्र सहित तीन जना बच्चा पनि छन् ।

दिल्लीको अपोलो अस्पतालका वरिष्ट मेरुदण्ड सर्जन डाक्टर राजनगोपाल कृष्णनलाई डाक्टरहरुले महेन्द्रको रोगको उपचार गर्न आग्रह गरेपछि उनको सल्यक्रिया गरियो। उनको सल्यक्रिया सफल भयो । महेन्द्र आफ्ना साथीहरुजस्तै सिधा हेर्न सके तर अपरेशन गरेको ८ महिनापछि उनको निधन भयो । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*