‘चपली हाइट ३’ को ‘चार आनाको मसला’ गीत रिलिज (भिडियो)

जनपत्र
२१ माघ २०७६, मंगलवार ०५:५८

आउँदो चैत २८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट ३’ को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘चार आनाको मसला’ बोलको गीतमा राम खम्बु र अस्मिता अधिकारीको संयुक्त गायन रहेको छ भने डिपी खनालको शब्द र सुभाष भुषालको संगीत छ ।

प्रदीप लामा र उनको टिमको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका कलाकारहरु स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी र आमिर गौतम फिचर्ड छन् । डान्सिङ विटको गीतको अडियो र भिडियो दुवै राम्रो छ । भिडियोमा अभिनेत्री द्वय स्वस्तिमा र सुपुष्पा बोल्ड अवतारमा प्रस्तुत छन् । निर्माण टिम यो गीतले फिल्मको राम्रो हाइप निर्माण गर्नेमा आशावादी छ ।

‘चपली हाइट ३’ मा स्वस्तिमा, सुपुष्पा, आमिर र महेशसँगै प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्ममा दर्शकले सस्पेन्स र थ्रिल पाउने निर्माता अर्जुन कुमारको दाबी छ । यो फिल्मका अघिल्लो दुई श्रृंखला दीपेन्द्र के। खनालले निर्देशन गरेका थिए ।

अर्जुन कुमार फिल्मस्को ब्यानरमा फिल्म निर्माण भएको हो । निर्देशक निकेश र निर्माता अर्जुनबीच यसअघि अभिनेता सौगात मल्ल र अभिनेत्री प्रियंका कार्की स्टारर फिल्म ‘फाटेको जुत्ता’ मा पहिलो पटक सहकार्य भएको थियो । यो फिल्म बक्सअफिसमा औसत चलेको थियो । ‘चपली हाइट ३’ पछि निर्माता अर्जुनले ‘बर्मजंगको भिडियो’ र ‘खै’ नामक फिल्म बनाउँदैछन् ।

गीत हेर्नुहोस् :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*