अन्तत: बामदेव गाैतम बने नेकपाकाे उपाध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता बामदेव गौतम पार्टी उपाध्यक्षमा मनोनित भएका छन्। आइतबार सम्पन्न नेकपा केन्द्रीय कमिटी बैठकले गौतमलाई उपाध्यक्ष बनाउने विधान संशोधनको प्रस्ताव पारित गरेको हो।
उक्त विधान संशोधन प्रस्ताव महासचिव विष्णु पौडेलले बुधबार बैठकमा पेश गरेका थिए। उनलाई उपाध्यक्ष बनाउने नबनाउनेमा केन्द्रीय सदस्यहरु विभाजित भएपनि उनी अन्ततस् उपाध्यक्षमा मनोनित भएका हुन्। गत पुष २९ देखि मंसिर ६ गतेसम्म चलेको पार्टीको स्थायी कमिटि बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव विधानमा उल्लेख गर्न सहमति दिएको थियो।






