‘वागमती प्रदेशको समृद्धिको मुख्य आधार कृषि, पर्यटन, उद्योग’

अरुण प्रसाद नेपाल
१४ माघ २०७६, मंगलवार १९:०२

हामीले राजनैतिक संक्रमणको समापन गरेका छौ । देश समृद्धिको अभियानमा अगाडि वढेको छ । सिङ्गो राष्ट्रले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य तय गरेको छ । यो लक्ष्य प्राप्त गर्न सिङ्गो राष्ट्र प्रयत्नशिल छ ।

वागमती प्रदेश सरकार समन्यायीक एवम् समानता सहितको विकासमा प्रतिवद्ध छ । वागमती प्रदेशको समृद्धिको मुख्य आधार कृषि, पर्यटन, उद्योग, जनशक्ती तथा प्राकृतिक श्रोतको दिगो उपयोग नै हो भन्ने हाम्रो ठम्याई छ ।

यहि साल हामी नेपाल भ्रमण वर्ष मनाइरहेका छौ । यो क्रममा उल्ल्खनीय संख्यामा आन्तरिक र वाह्य पर्यटन प्रदेशमा भित्र्याउने उद्धेश्य छ । पुर्वाधार विकास, समुदायको सहकार्यमा पर्यापर्यटन, नयाँ गन्तव्यको खोजी तथा प्रवर्द्धन गरी नेपाल भ्रमण वर्ष २०२० लाइ भव्यरुपमा सफल वनाउन हामी कृयाशिल छौ ।

प्रदेश सरकारले दिगो पर्यटन विकासका लागि पर्यटन पुर्वाधार विकास दशक कार्यक्रम थालनी गरी यस वर्ष मात्रै १ अर्ब ६५ करोड को योजनाहरु कार्यान्वयन गर्दैछौ । हामी तिन वटै सरकार एकै ठाँउमा छौ, नीजी क्षेत्रको साथ छ, समुदायको प्रत्यक्ष संलग्नतामा वृहत साझेदारी गरेर अगाडी वढेका छौ ।
हामी स्वच्छ पर्यावरण तथा वातावरणलाई सन्तुलनमा राखी दिगो पर्यटन विकास गर्न प्रयत्नरत छौ ।

हामीले प्रदेशमा १० वटा हिलस्टेशन, १० वटा पर्यटन गन्तव्य पुर्वाधार निर्माण र ११९ वटै स्थानीय तहमा कम्तीमा आन्तरिक तथा वाह्य पर्यटन गन्तव्य निर्माण गर्ने योजना वनाएका छौ ।

इन्द्रसरोवर, घान्जलापास, गौरीशंकर हिमाल परिपथ, नारायणी (दासढुङ्गा -गाजिपुर बहुदेश्यीय आयोजनाको पर्यटकिय पुर्वाधार विकास, जुगल हिमाल क्षेत्रको विकास तथा प्रवर्द्धनका कार्यक्रम संचालन गरिरहेका छौ । विश्व सम्पदामा सुचिकृत स्थल, गढी एवं ऐतिहासिक दरबार, धार्मिक स्थल, कला संस्कृतिको प्रवर्द्धन तथा प्रविधि मैत्री पर्यटन विकास गर्ने लक्ष्य सहित प्रदेश सरकार कृयाशिल छ ।

प्रदेश सरकार वागमती प्रदेशमा स्वदेशी(विदेशी पाहुनालाइ हार्दिकता पुर्वक स्वागत गर्छ । वागमती प्रदेशको सबै क्षेत्र पहुँच योग्य, सुविधा युक्त र पर्यटन मैत्री छ । हाम्रो प्रदेश सुरक्षीत छ । हाम्रो संस्कृति, भेषभुषा, संस्कार, अनुपम प्राकृतिक सम्पदा, हिमाल तथा पवित्र नदी तथा भूदृश्यहरु अनुपम छन । हाम्रो एतिहासिक कला तथा सस्कृति अवलोकन योग्य छ ।

हाम्रा पर्यटन व्यावसायी सृजनशिल तथा सकृय छन । सरकारी तथा नीजी क्षेत्र पर्यटन मैत्री छ । सरकारले पर्यटन क्षेत्रमा निजी क्षेत्रलाइ लगानी गर्न आवश्यक वातावरण तयार गरी आव्हान गरेका छौ । पर्यटन क्षेत्रवाट हाम्रो प्रदेशमा आर्थीक विकास र रोजगारीको सृजना गर्न संकल्परत छौ । पर्यटन क्षत्रलाई प्रत्यक्ष रुपमा जनतासँग सम्वन्धित वनाउने लक्ष्यका साथ प्रदेश सरकार कृयाशिल छ । यी सबै क्षेत्रहरुलाइ उपयोग गरी हामी प्रदेशको समृद्धि प्राप्त गर्ने दिशामा अग्रसर छौ ।

बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले सहिद दिवस तथा सहित स्मारकको रजत जयन्तीका अवसरमा नव निर्मित प्रजातान्त्रिक पार्कको उद्घाटन् कार्यक्रमका अवसरमा संबोधन गर्नुभएको पूर्ण पाठ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*