कांग्रेस बागमती प्रदेश संसदीय दलको उपनेतामा कृष्णलाल भडेल
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको उपनेतामा भक्तपुरबाट निर्वाचित सांसद कृष्णलाल भडेल नियुक्त भएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७६ माघ २६ गतेको बैठकद्वारा स्विकृत प्रदेशसभा संसदीय दलको विधान अनुसार भडेललाई उपनेतामा नियुक्त गरेको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले जानकारी दिए ।
यसअघि, संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतक, सदस्य सचिव र प्रवक्ता चयन भएपनि उपनेता चयन भएको थिएन । दुई बर्षपछि भडेललाई सोमबार उपनेता नियुक्त गरिएको हो । भडेल मंसिर २१ गते भएको उपनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ ९ खबाट निर्वाचित भएका
थिए ।






