ढुङ्गाको नदी बन्यो वैज्ञानिकका लागि चुनौति

जनपत्र
११ माघ २०७६, शनिबार ०७:४७

नदीमा सबैले पानीको साथै ढुङ्गा पनि देखेका छौँ । तर के तपाईले कहिल्यै ढुङ्गाको नदी देख्नुभएको छ रु यदि छैन भने हामी त्यसको बारेमा जानकारी दिन्छौँ । यो नदीमा कहिल्यै पनि पानीको एक थोपा समेत हुँदैन । यो नदी रुसमा रहेको छ । वैज्ञानिकहरुका लागि यो नदी टाउको दुखाईको विषय बनेको छ ।

रुसमा रहेको यो नदीको नाम हो ‘स्टोन रिभर’ । नदीमा लगभग ६ किलोमिटरसम्म ढुङ्गा नै ढुङ्गा रहेका छन् । यो नदी २० मिटरदेखि ७ सय मिटरसम्म फराक रहेको छ । यहाँका ढुङ्गा १० टन तौल सम्मका छन् । साथै यी ढुङ्गा ६ इन्च सम्म जमिनमा भासिएका छन् । यो नदीमा यति धेरै ढुङ्गा कहाँबाट आए र नदीको रुप कसरी लियो भन्ने बारे वैज्ञानिक नै हैरान भएका छन् ।

यो कुराको जवाफ अहिलेसम्म वैज्ञानिकहरुले थाहा पाउँन सकेका छैनन् । केहि वैज्ञानिकहरुका अनुसार आजभन्दा १० हजार वर्ष पहिला अग्लो ठाउँबाट ग्लेशियर फुटेका कारण यो नदी बनेको बताउँछन् । यो नदीको निर्माण त्यसरी भएको केहि वैज्ञानिकहरुको तर्क रहेको छ । एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*