मानिसको हत्या गरेर मासुको अचार खान्थिन् यी नर्स

जनपत्र
७ माघ २०७६, मंगलवार ०६:५६

रसियाको क्रसनोदर शहरमा बस्ने नतालिया नामकी एक महिला आफ्ना पति दमित्री बाकसायबसँग बस्ने गर्थिन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार उनीहरु दुबै जना नरभक्षि थिए । नतालिया पहिला मानिसहरुको हत्या गर्थिन् र मासुलाई फ्रिजमा स्टोर गरेर राख्थिन् ।

साथै मानिसको मासुलाई उनी अचार बनाएर खाने गर्थिन् । मानिसहरुले जब उनीहरुको कर्तुत थाहा पाए तब प्रहरीमा गएर उजुरी गरे । प्रहरीले उनीहरुलाई समातेर लग्यो । अनुसन्धानका क्रममा प्रहरीले उनीहरुको घरबाट ८ मानिसहरुको शरिर फेला पार्यो । साथै मानिसको मासुबाट बनाएको अचार पनि फेला पार्यो ।

उक्त महिला पेशाले नर्स थिइन् । त्यसैले पनि उनलाई मानिसलाई आफ्नो शिकार बनाउँन सजिलो हुने गर्दथ्यो । उक्त महिलाले प्रहरीलाई अनुसन्धानका क्रममा पतिको सहायतामा मानिसलाई घरमा बोलाएर मानिसको शिकार गर्ने गरेको बताएकी थिइन् ।

उनीहरुलाई प्रहरीले अदालतमा पठायो । उनीहरुले अदालतमा ३० महिलाहरुको हत्या गरेको बयान दिएका थिए । उनीहरु दुबैलाई अदालतले आजिवन जेलको सजाय दिएको थियो । एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*