खानेपानी आयोजनाका लागि हेटौंडा उपमहानगरपालिका लाई ३ करोड
मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले खानेपानी आयोजना निर्माणकालागि हेटाैंडा उपमहानगरपािलकालाइ ३ करोड रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा आईतबार बसेको जिससको ६० औं बोर्ड बैठकले मौजदात कोषको रकमबाट हेटौंडा उपमहानगरपालिका–१४ मा संचालन हुने खाने पानी आयोजनाका लागि ३ करोड रकम सहयोग प्रदान गर्ने निर्णय गरेको हो ।
मौजदात कोष संचालन कार्यविधि अनुसार खानेपानी आयोजना निर्माणकालागि ३ करोड रकम जिसस सहयोग गर्ने निर्णय गरेको जिसस प्रमुख खुलालले बताउनुभयो । कार्यविधि अनुसार मौजदात कोषको रकमबाट खानेपानी आयोजना संचालनका लागि जिससले ७५ प्रतिशत र २५ प्रतिशत उपमहानगरपालिकाले व्योहोर्ने उहाँले बताउनुभयो ।
बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी कपिल प्रसाद उपाध्याय, सदस्यहरु गणेश कुमारी श्रेष्ठ, चित्र बहादुर बलामी, देवराज रिमाल, सिता अधिकारी, बुद्धी बहादुर मोक्तान, सानु कान्छी स्याङतान, सरिता विश्वकर्मालगायतको सहभागिता थियो ।
जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको ६० औं बोर्ड बैठक आईतबार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
बैठकले आगमी माघ १० देखि १६ गते सम्म प्रदेश स्तरमा मनाईने सहिद दिवशलाई भव्य र प्रभावकारी रुपमा मनाउन आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । सहिद दिवशलाई प्रभावकारी बनाउन जिल्ला समन्वय समितिलाई जन परिचालनको जिम्मा प्राप्त भएको प्रमुख खुलालले बताउनुभयो । त्यस्तै बैठकले थाहा नगरपालिका स्थित जन कल्याण माविको निर्माण कम्पनीलाई पेश्की रकम उपलब्ध गराउन थाहा नगरपालिकालाई पत्राचार गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
त्यस्तै बैठकले जिसससंग रहेको मौजदात कोषबाट हेटौंडा उपमहानगरपालिका वडा नमबर १४ मा खानेपानि आयोजना निर्माणमा सहयोग गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । मौजदात कोषबाट खानेपानी आयोजना संचालनकालागि ३ करोड रकम उपलब्ध गराउने निर्णय भएको प्रमुख खुलालले बताउनुभयो । मौजदात कोष कार्यविधि अनुसार खानेपानी आयोजना निर्माणकालागि ७५ प्रतिशत रकम अर्थात ३ करोड जिससले र २५ प्रतिशत उपमहानगरपालिकाले व्योहोर्ने उहाँले बताउनुभयो ।
त्यस्तै आजको बैठकले दुईवटा स्थानीय तहलाई ४ वटा झोलुङ्गे पुला उपलब्ध गराउने समेत निर्णय गरेको छ । स्थानीय तहबाट माग भए अनुसार जिल्लाको ईन्द्रसरोवर गाउँपालिकालाई ३ वटा र गढी गाउँपालिकाबाट एकवटा झोलुङ्गे पुल उपलब्ध गराउने निर्णय भएको प्रमुख खुलालले बताउनुभयो । त्यस्तै मकवानपुरमा आगामी फागुन महिनामा संचालन हुने स्थानिय तह सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।




