हेटौंडाको वासुदेव सभागृह भत्काउन नदिने कमल थापाको उद्घोष

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी को अनुदान सहायता राष्ट्र हितमा छ ।
जनपत्र
४ माघ २०७६, शनिबार १६:२६

हेटौंडा । राप्रपा अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी को अनुदान सहायता राष्ट्र हितमा रहेको बताएका छन् ।

शनिबार पार्टीको भ्रातृ संगठन ट्रेड युनियन महासंघ नेपालको वागमती प्रदेशस्तरीय श्रमिक भेलामा थापाले अमेरिकाले नेपालकै आग्रह अनुसार एमसीसी परियोजनमार्फत् पाँच वर्षभित्र नेपालमा करिब ६० अर्ब रुपैयाँ खर्च गर्ने सहमति गरेको बताए।

सहयोग अन्तरदेशीय प्रसारणलाइन तथा सडक स्तरोन्नति तथा अन्य संरचना निर्माणको लागि आउन लागेको अनुदान रकम स्वीकार गर्नु नेपालको हितमा रहेको थापाले बताए। ‘एमसीसी सम्झौता सदनबाट पास भएपछि नेपालमा कुनै पनि किसिमको सैन्य गतिविधि हुँदैन। यो अपरिपक्व अभिव्यक्ति हो। यसलाई पनि अरुण तेस्रो जस्तो धरापमा पार्न खोजिएको छ। यो नेपाल र छिमेकी राष्ट्रको अहितमा छैन। यसलाई पास गरेर जानु नै नेपालको हितमा हुनेछ,’ थापाले भने।

उनले सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादको असर संघीय सदनमा देखिएको भन्दै सभामुख चयन प्रक्रिया तोकिएको समयमै अगाडि बढाउन जरुरी रहेको बताए।

‘पार्टीभित्र केही व्यक्तिको राय नमिलेको कारण सभामुख चयन प्रक्रिया पटकपटक अबरुद्ध भइरहेको छ। पार्टीको आन्तरिक विवादले सदन अबरद्ध हुनु भनेको प्रजातान्त्रिक मूल्य मान्यता विरुद्ध हो’, थापाले भने। उनले नेकपालाई सभामुख चयन प्रक्रिया अगाडि बढाएर सदन सूचारु गर्न आग्रह गरे।

अध्यक्ष  थापाले हेटौंडा उपमहानगरपालिका वडा नं। ४ हुप्रचौरस्थित रहेको बासुदेव सभागृह र स्व। राजा वीरेन्द्रका शालिक भत्काउन नदिने बताएका छन् ।
उनले उक्त सम्झौता रद्द हुँदा हेटौंडा–भीमफेदीको सडक स्तरोन्ती, प्रदेश नं। १ अन्तरगत पर्ने चार आली फिदिम सडक निर्माणलगायत हेटौंडाको रातोमाटे हुँदै बुटवलसम्मको हाईटेन्सन विद्युत लाईन निर्माणमासमेत ठूलो अवरोध पुग्ने चिन्ता व्यक्त गरे ।

साथै उनले संसदलाई लामो समयसम्म अवरुद्ध गर्नु नहुने भन्दै सत्तारुढ दलले आन्तरिक विवाद मिलाएर प्रतिनिधिसभाको सभामुख छान्न सुझाव दिए ।

अध्यक्ष थापाले आगामी जेठ महिनामा हुने पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटको लागि प्रत्येक जिल्लाबाट सक्रिय सदस्यताको माध्यमबाट निर्वाचित भएर आउनुपर्ने धारणा व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*