माओवादी ‘जनसत्ता’का लिखतलाई धमाधम मान्यता
तत्कालीन द्वन्द्धकालमा माओवादी ‘जनसत्ता’ले पास गरेका जग्गाका लिखतले मान्यता पाउन थालेका छन् । माओवादीले तत्कालीन अवस्थामा खडा गरेका लिखतलाई मान्यता दिलाउन स्थानीय सरकार नै सक्रिय भएका छन् । रुकुममा जनसत्ताका लिखतको आधिकारिकताका विषयमा लामो समयसम्म विवाद चलेपछि स्थानीय सरकार नै ती लिखतलाई मान्यता दिलाउन लागि परेका थिए ।
रुकुम, मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमका अनुसार जनसत्ताका लिखतकै आधारमा पास गरिएका जग्गाले कानुनी मान्यता पाइरहेका छन् । ‘अहिलेसम्म ८० प्रतिशत मान्यता पाइसकेको अवस्था छ,’उनले भने,‘यहाँका हरेक स्थानीय तहले यो विषयलाई गम्भीरताका साथ महत्व दिएर काम अगाडि बढाइरहेका छन् ।’ नागरिक दैनिकबाट






