‘रिक्त मन्त्रालयमा मन्त्री राख्न सकिन्छ, अरु मन्त्रालय तत्काल फुटाईदैन’– मुख्यमन्त्री पौडेल

जनपत्र
३ माघ २०७६, शुक्रबार ०८:३४

हेटौंडा । बागमती प्रदेशमा रिक्त रहेको मन्त्रालयमा मन्त्री नियुक्त गरिने भएपनि अरु मन्त्रालय फुटाएर मन्त्री नियुक्त तत्काल नहुने भएको छ । प्रदेशको स्थायी राजधानी र नामाकरण सकिए लगतै थप मन्त्रीहरु नियुक्त गर्ने हल्ला चलिरहेको वेलामा रिक्त भएको भन्दा बाहेकका मन्त्रालय तत्काल नफुटाइने प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जानरकारी दिनुभयो ।

आज विहान जनपत्र संग कुराकानी गर्दै मुख्यमन्त्री पौडेलले रिक्त रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयमा भने मन्त्री नियुक्त गर्न सकिने संकेत गर्नुभयो । लामो समयदेखि भौतिक पूर्वाधार मन्त्रालयमा मन्त्रीपद खाली भएकाले मन्त्री नियुक्त गरेपनि अरु मन्त्री नियुक्त हुने देखिदैन ।
तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री केसव स्थापीतलाई हटाएपछी त्यस मन्त्रालय मुख्यमन्त्री पौडेल आफैले समाल्नु भएको छ ।

रिक्त रहेको मन्त्रालयमा मन्त्री नियुक्ती गर्नका लागि समस्या नभएको वताउँदै उहाँले भन्नुभयो–‘तत्काल मन्त्रालय फुटाएर मन्त्रीमण्डल विस्तार गर्ने सोच छैन । तर, खाली रहेको मन्त्रालयमा केही समय पछी मन्त्री नियुक्त गर्न सकिन्छ । खाली भएको स्थानमा मन्त्री नियुक्त गर्न कुनै समस्या छैन । तर, त्यो तत्काल नहुन पनि सक्छ ।’

प्रदेशको राजधानी र नामाकरणको काम सकिएपछी मन्त्री वन्ने दौडधुममा सांसदहरु लागेका छन् । मन्त्री वन्नका लागि मुख्यमन्त्री पौडेल, नेकपाका केन्द्रीय अध्यक्ष संगै अरु केन्द्रीय स्तरका नेताहरुसंग लागिपर्ने सांसदहरुको सख्या वढेको छ । प्रदेशका सात मन्त्रालय मध्यमा एक जना पनि महिला मन्त्री छैनन् । महिलालाई मन्त्री वनाउनुपर्छ भन्नेहरुपनि धेरै छन् । तर, पहिलेनै संघीय संसदमा प्रतिनिधित्व गरेका अहिलेका प्रदेश सांसदहरु पनि आफुहरुले मन्त्री पाउनुपर्ने दावि गर्दै हिडेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*