हेटौंडा उपमहाँनगरपालिकाको वैठक, राजधानी तोकिएकोमा स्वागत

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडा कायम गरेकोमा आज विहान हेटौंडा उपमहानगरपालिका कार्यपालिकाको वैठकले हार्दिक स्वागत गरेको छ । वैठकले औपचारिक रुपमा स्वागत गरेको हो ।
प्रदेशका १३ वटा जिल्लाको राजधानी मकवानपुरको हेटौंडालाई तोकिएकोमा वैठकले स्वागत गर्दै यो निर्णयमा सम्लग्न सवैलाई धन्यवाद समेत दिइएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । प्रदेशको राजधानी हेटौंडा कायम गरिएकोमा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेशका सभामुख, सांसदहरु, पार्टी नेतृत्व तहका सवैलाई धन्यवाद समेत दिइएको मेयर महतले वताउनुभयो ।
प्रदेश सरकारका मन्त्रालय र विभीन्न निर्देशनालय लगायतका संरचना निर्माण गर्नकमा लागि उपमहानगरपालिका मातहत रहका जग्गा उपलव्ध गराउनका लागि तयार रहेको वताउनुभयो । प्रदेश सरकारले निर्णय गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि हेटौंडा १० टिसिएनको खाली जग्गा र हेटौंडा ११ थानाभ¥याङको गरी १२ विगाहा जग्गा उपलव्ध गराउने भएको छ । हेटौंडामै वन्ने महत्वपूर्ण प्रतिष्ठानका लागि हेटौंडाको विचमै रहेको जग्गा उपलव्ध गराउन लागिएको मेयर महतले वताउनुभयो ।
एकिकृत वस्ति विकासका लागि हेटौंडा ८ नगरविकास समितिको जग्गा ५ विगाहा, हेटौंडा १३ वनस्पती, हेटौंडा १५ फायरलाइनरोडको जग्गा उपलव्ध गराउन लागिएको छ । त्यसैगरी कृषि सुपर मार्केट, अटो भिलेज, अन्तराष्ट्रिय सभाहल, अपाङ्गता पुनरस्थापना केन्द्र, सेफ हाउस, प्रदेश यातायात निगम, प्रदेश पूर्वाधार निर्माण कम्पनि, राष्ट्रिय परिक्षा बोर्ड, ईन्जिनियरिङ प्रयोगशाला, बासुदेव स्मृति कमर्सियल भ्यूटावर, एकीकृत चार्जिङ स्टेसन, घरेलु तथा औद्योगिक सामाग्रीघर, पर्यटन सूचना केन्द्र निर्माणका लागि हेटौंडामा जग्गा उपलव्ध गराउन लागिएको मेयर महतले जानकारी दिनुभयो ।
त्यसैगरी प्रदेशका सवै मन्त्रालय, प्रदेशसभा भवन लगायतका कार्यालयको लागि आवस्यक संभावित ठाउँहरुको लागि हेटौंडा ९ लामसुरेमा रहेको हेटौंडा सिमेन्टको जग्गा र हेटौंडा ५ को मत्स्य विकास केन्द्रको जग्गामा राखिने भएको छ । बसपार्क निर्माणका लागि हेटौंडा वसपार्क, सामुदायिक आखा अस्पताल, हेटौंडाको कर्रा करिडोर, चक्रपथ निर्माण, हेटौंडा ८ चन्द्रोदय मावि नजिक रहेको चौरमा प्याराफिट निर्माण लगायतका काम यस वर्ष महत्वका साथ गर्न लागिएको मेयर महतले जानकारी दिनुभयो ।
उपमहानगरक्षेत्र भित्र हुने महत्वपूर्ण कामका लागि प्रदेश सरकारसंगको साझेदारीमा काम गर्न लागिएको हो । अहिले हुप्राचौरमा रहेको बासुदेव सभागृहको भवनलाई भत्काएर बासुदेव स्मृति कमर्सियल भ्यूटावर निर्माण गर्न लागिएको हो । तल वजारको सटर राख्ने र माथी भ्यूटावर निर्माण गर्न लागिएको हो ।
सवै निर्माण गर्नका लागि करिव ३० करोड रुपैयाँ वजेट लाग्ने उहाँले वताउनुभयो । अहिले भइरहेको हेटौंडाको वसपार्कलाई थप सुन्दर पारेर निर्माण गर्ने योजना वनाइएको छ । वसपार्कमा अहिले भएका संरचना भत्काएर थप व्यावसायीक र सुन्दर वनाउने योजना रहेको मेयर महतले वताउनुभयो ।