प्रेमगीत ३ शुटिंगका लागि हेलिकप्टर चढेर पुगे यी कलाकार

जनपत्र
२८ पुष २०७६, सोमबार ०६:५८

प्रेमगीत ३ को शुटिंग अहिले अन्तिम चरणमा पुगेको छ । करिब डेढ महिना देखि शुटिंगमा रहेको प्रेमगीत शुटिंग युनिट अहिले मनाङ्गको हिउँमा चलचित्र खिचिरहेका छन् । एक हप्ताको शुटिंगका लागि अब चलचित्र युनिट मनाङ्गमा रहनेछन् ।

चलचित्रको शुटिंगका लागि आज कलाकारहरुलाई निर्माता सन्तोष सेनले हेलिकप्टर मार्फत शुटिंग सेट सम्म पुर्याएका थिए भने शुटिंग सकिएका कलाकारहरुलाई त्यहि हेलिकप्टर मार्फत काठमाडौ पुर्याएका थिए । कलाकार ओसार पसार गर्न हेलिकप्टर नै किन रु सन्तोष सेनले देखाउन वा समाचार बनाउन यसो भने गरेका होइनन् । सन्तोष सेनका अनुसार जाडो मौसम भएका कारण बाटोहरु हिउँले पुरिएको छ जसले गर्दा गाडिमा आउन असम्भव भएका कारण हेलिकप्टरबाट कलाकारलाई ल्याईएको हो । करिब १०० जनाको युनिटले जाडोमा काम गरिरहेका हुँदा एक दुई जना कलाकारले गर्दा काम नरोकियोस भनेर हेलिकप्टरको प्रयोग गरेको सन्तोष सेनको भनाई रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*