राजधानी र नामाङ्करण पछि मन्त्रिपरिषद बैठक, ७ वटा निर्णय
हेटौंडा / वागमति प्रदेशको मन्त्रिपरिषदको बैठक आईतबार बसेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले ७ वटा निर्णय समेत गरेको छ ।
बैठकले अन्तर प्रदेश बासिन्दाको सामान सुरक्षा, व्यबहार र सुविधा सम्बन्धमा व्यबस्था गर्न विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने, आर्थिक बर्ष ०७७–०७८ को लागि संघीय बिषेश अनुदान सम्बन्धमा, आर्थिक बर्ष ०७७–०७८ का लागि संघीय समपुरक अनुदान सम्बन्धमा, स्थानीय तहलाई दिईने प्रदेश समपुरक अनुदानको दोस्रो चरणका योजनाहरु स्विकृत गर्ने निर्णय गरेको छ ।
यसैगरी घरेलु तथा साना उद्योग कार्यालय सम्बन्धमा, प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५ लाई संसोधन गर्न बनेको विधेयक स्विकृत सम्बन्धमा र प्रदेश स्वास्थ्य सेवा नियमावली, २०७६ स्विकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो ।
आईतबार मात्र प्रदेश सभाबाट वागमती प्रदेश र स्थायी राजधानी हेटौंडा २ तिहाईबाट पारित भएको थियो । स्थायी राजधानी हेटौंडा र वागमति प्रदेश नामाङ्करण भएपछि आईतबार नै मन्त्रिपरिषदको बैठक बसेको हो ।






