कालापानी र लिपुलेककाे सम्झौता खारेज नगरेसम्म नेपालले प्रगति गर्न सक्दैन – वास्तुविद्
प्रकृतिले हरेक देश र उक्त देशमा बसोवास गर्ने मानिसहरुलाई फरक( फरक प्राकृतिक गुण दिएको हुन्छ। त्यस्तै हाम्रो देश नेपाललाई अथाह कुराहरुले भरिपूर्ण बनाईदिएको र त्यसलाई कसरी चलाउने हो र कहाँ पुर्याउने भन्नेचाही कुशल राजनेताले जान्नुपर्ने कुरा हो ।
कुनै पनि शक्तिलाई निकालेर फाल्न त मिल्दैन तर एउटा शक्तिबाट अर्को शक्तिमा भने सजिलै परिबर्तन गर्न सकिन्छ । भगवान बिष्णुको रुपमा गौतम बुद्धको जन्म भयो भने लक्ष्मीको रुपमा सीताको जन्म भयो । धन सम्पत्तिका सबैभन्दा ठूला मानिने लक्ष्मी र नारायण जन्मेको देशका कुनैपनि कुराहरुको कमि नै छैन हाम्रो देश नेपालमा । यति हुदाहुँदै पनि आखिर नेपालको प्रगतिको बाटो बन्द हुनुको कारण केहो भनेर वास्तुशास्त्रका दृष्टिले जानकारी गराउने प्रयास गर्नेछौ ।
वास्तुशास्त्र भनेको के हो र यसले कसरी काम गर्छ ?
कुनै पनि स्थानको अल्टिच्युटका आधारमा प्रकृतिसंग सकारात्मक उर्जाको सन्तुलन मिलाई ब्रह्माण्डबाट आउने उर्जा मानवजीवन तथा प्रकृति,वनस्पति, पृथ्वी,जल,वायु, तेज९ तातोपन० आकाश तत्वको तालमेल मिलाउनुका साथै जीवन र जगतको तालमेल मिलाउने शास्त्र नै वास्तुशास्त्र हो । यसले हरेक स्थान अनुसार फरकफरक तरिकाले काम गर्ने गर्दछ ।
वास्तुशास्त्रका हिसाबले हाम्रो देश कस्तो छ ?
वास्तुको नियमलाई हेर्दा जहिले पनि उत्तर पूर्व दिशा खुल्ला राखेर दक्षिण पश्चिम दिशा बन्द गर्नुपर्ने नियम अनुसार उत्तर पूर्वबाट आउने सकारात्मक उर्जालाई दक्षिणी पश्चिमबाट बग्न नदिई पुनः त्यहि स्थानमा ल्याउनु पर्ने हुन्छ । त्यसका लागि दक्षिण पश्चिम पूर्णरूपमा बन्द भएमा मात्रै उक्त उर्जाले पूर्ण रुपमा काम गर्ने हो । यहीँ नियम नै बसोबास गर्ने घर देखि ठुला व्यापारीक भवन सम्म लागू हुन्छ नकी देशमा मात्रै लागु हुने होईन।
वस्तुशास्त्रका हिसाबले हेर्ने हो भने हाम्रो देश नेपालमा अधिकाम्स नदिहरु उत्तरबाट दक्षिण तर्फ बगिरहेका छन । उत्तर पूर्व तिरको भागमा पानी तथा हिउँ हुनाले देशको उत्तर पूर्वि भाग अत्यन्तै शुभ मानिन्छ र आर्थिक हिसाबले पनि बलियो नै मानिन्छ । नदिहरु दक्षिणी भएर बग्नुलाई त्यति शुभ भने मानिदैन । सबैभन्दा खराब भनेको दक्षिण पश्चिममा खुला हुनु नै हो यदि उक्त स्थानमा बन्द गर्न सकियो भने मात्रै देशमा शान्ति र बिकाश हुने ज्योतिषीहरुले जानकारी गराएका छन ।
कहिले देखि हो विकासमा बाधा पुगेको ?
मार्च ४, १८१६ मा सुगौली सन्धि भयो जुन सन्धिमा नेपालीको पश्चिमी भुभागको सिमाना महाकाली नदिले छुट्टयाउने सन्धि भयो । उत्तरबाट बग्दै गएको नदिले छुट्टयाउने भनेर भने अनुसार महाकाली नदिको उत्पति लिम्पिया धुरा जुन कालापानी भन्दा ३० किलोमिटर पश्चिमा छ भनेर भनिएको छ । उक्त समयमा भारतीयहरुले नेपाल नै हो भनेर उल्लेख गरेका थिए । जुन भारतमा गएर सारदा नदीको रुपमा नामाकरण गरिएको छ ।
सन् १८५६ अप्रेल २४ मा भारतले राजनीतिक देशको नक्सा सार्वजनिक गर्यो जुन सुगौली सन्धिको आधारमा नै थियो । उक्त नक्सामा लिम्पियाधुरा महाकाली नदिको मुहान हो र उक्त भूमि नेपाल कै हो भनेर सार्वजनिक गरेको थियो । जहाँ नदीको पूर्वीभागमा तीन वटा गाउँहरु रहेको पनि उल्लेख गरिएको छ । कुटी, नावी र गुन्जी उक्त भूमि नेपालकै भएकाले सन् १९४० सम्म नेपालकै भूमिसुधार कार्यालयमा कर तिरेको ईतिहास भारत संग रहेको छ ।
चाईना र ईन्डियाको लडाइँ भयो २० अक्टोबर देखि २१ नोभेम्बर सन् १९६२ सम्म । करिब एक महिना एक दिन चलेको युद्धमा तत्कालीन प्रधानमन्त्री जवारलाल नेहरु प्रधानमन्त्री थिए उक्त युद्ध चाईनाले जितेको थियो । नेपालमा राजा महेन्द्र सहयोग समेत गरेका थिए । उक्त युद्धमा नेपालले भारतको साथ दिएकाले लिपुलेक र कालापानीमा नेपालले भारतलाई आफ्नो सेना केही समयको लागि बस्न दिएको थियो । सन् २०१५ भारत र चाईनाको व्यापारिक दोहोरो सम्झौता भयो लिपुलेकलाई सिमाना मानेर भएको उक्त भूमि नेपालका राजनीतिक दलहरु बेखवर जस्तै भए । त्यसपछी फेरि भारतले २०१९ मा आफ्नो देशको नक्सा सार्वजनिक गरेपछि पछिल्लो राजनीतिक तरङ्ग पैदा गर्यो ।
सन् १९६२ देखि नेपालले भारतीय सेनालाई प्रयोग गर्ने मिल्ने गरि लिपुलेक र कालापानीमा सम्झौता गरेपछि वास्तु अनुसार नेपालको भूमि सम्झौता भएदेखि नेपालले कुनै पनि सफलता प्राप्त गर्न सकेको छैन । उक्त सम्झौता गरेको भूमि वास्तुका हिसाबले पश्चिम उत्तरको भूमि हो । वास्तुको नियमा हेर्दा पश्चिम उत्तर दिशा भनेको आत्मवल, बाहिरी देशको सम्झौता, हिम्मत गरेर गरिएका काम, कुनै पनि समुहमा शक्त नहुने हुदा हाम्रा राजनीतिक दल र नेताहरु असफल भएको वास्तु विद्ले निस्कर्श निकालेका छन् । करिब ५८ बर्ष सम्म बितिसक्दा नेपालले केही पनि प्रगति गर्न सकेको छैन । उक्त भूमि नेपालको नाममा नआउँदा सम्म नेपालले कहिल्यै बिकाश गर्ने नसक्ने जानकारी गराएका छन । क्यानडा नेपालबाट साभार






