नेपालमा पक्राउ परेका बाल दुराचारी भन्छन् –म जनावर होइन
बाल यौन दुराचारमा नेपालमा पक्राउ परेका क्यानडाका नागरिक पिटर डल्गीसले आफू जनावर नभएको बताएका छन् । गएको बिहिबार पाटन उच्च अदालतमा उनले सो कुरा बताएको ‘द ग्लोबल एण्ड मेल’को समाचारमा जनाइएको छ ।
६२ वर्षीय उनी विगतमा विभिन्न परोपकारी कार्यमा पनि संलग्न थिए । तर, उनीमाथि नेपालमा ११ र १४ वर्षका दुई बालकलाई यौन दुर्व्यवहारको अभियोग लागको छ ।
त्यसपछि उनी पक्राउ परेर नेपालको जेलमा छन् । अदालतको बाहिर ४ वटा प्रहरीको घेरामा रहेका उनले मंगलबार भनेका थिए,“म गएका २२ महिनादेखि यहाँ छु । प्रशासनले मलाई अनुचित व्यवहार गरिरहेको छ । म जनावर होइन ।” उनी बेलायतबाट क्यानडा बसाइ सरेका थिए । २०१८को अप्रिल महिनामा उनी काठमाडौंको एक घरबाट पक्राउ परेका हुन् ।
सरकारी वकिल राजेन्द्र रेग्मीले भने उच्च अदालतमा गएको मंगलबार न्यायाधीशहरु टेकप्रसाद ढुंगाना र रामबहादुर थापाको इजालसमा उनको बारेमा थप अध्ययन गर्नुपर्ने भएकोले सुनुवाई स्थगन गर्नुपर्ने बताएका थिए । ती क्यानडेली नागरिकले दुई पुस्तक पनि लेखेका छन् । उनलाई ९ वर्षको जेल सजाय सुनाइएकोमा अहिले उनी पुनरावेदनमा गएका हुन् ।





