मुख्यमन्त्री निवासमा सर्वदलिय वैठक, सकेसम्म सवै दलले राजधानी हेटौंडा र नाम वागमती प्रस्ताव गर्ने

जनपत्र
२५ पुष २०७६, शुक्रबार २१:१०

हेटौंडा । ३ नम्बर प्रदेशको राजधानी र नामका बिषयमा आज हेटौंडामा सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकबाट सकेसम्म एउटा मात्र स्थायी राजधानीको नाम हेटौंडा र एउटा मात्र प्रदेशको नाम वाग्मती रहने बिषयमा छलफल भएको छ ।

छ्लफलमा नेकपाका मुख्यमन्त्री एबम नेकपा संसदीय दलका नेता डोरमणि पौडेल र उपनेता एबम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, काङ्ग्रेसका संसदीय दलका नेता ईन्द्र बहादुर बानिया, राप्रपा संयुक्तका रीना गुरुङ, राप्रपाका रीता माझीको राजधानी हेटौंडा र नाम वाग्मतीमा सहमति भएको छ ।

नेमकिपाका सुरेन्द्रराज गोसाइँले पनि नकारात्मक नरहेको टिप्पणी गर्नुभयो । आधिकारिक निर्णय भोलि दिने जानकारी समेत दिनुभयो । बिबेकशिल नेपालीले आधिकारिक धारणा भोलि दिने आश्वाशन दिनुभएको छ । यता साझा बिबेकशिलका शोभा शाक्यले भोलि बैठक बसेर जानकारी दिने वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*