काग्रेश संसदीय दलको वैठकको निर्णयः राजधानी हेटौँडा, नाम बागमती
हेटौँडा ।नेपाली काग्रेश पनि नेकपाले गरेको निर्णयमै आएको छ । यसअघिको संसदीय दलको वैठकमा प्रदेश राजधानीका विषयमा ह्वीप नलाग्ने आफुखुसी मतदान गर्ने निर्णय गरेको काग्रेशले आज साँझको वैठकपछी नेकपाकै पक्षमा देखिएको हो । नाम र वागमतीमा नेकपाले गरेको निर्णयमै रहने काग्रेशका सांसदले वताएका छन् । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलले ३ नम्बर प्रदेशको स्थायी राजधानी हेटौँडा र प्रदेशको नाम बागमती नै रहने निर्णय गरेको छ ।
नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाँको अध्यक्षतामा शुक्रबार साझ बसेको बैठकले प्रदेशको स्थायी राजधानी हेटौँडा र प्रदेशको नाम बागमती राख्ने निर्णय गरेको हो ।
कांग्रेस ३ नम्बर प्रदेशले प्रदेशको राजधानीबारे पार्टी सभापति शेरबहादुर देउवाको निर्णय कार्यान्वयन गर्ने जनाएसंगै प्रदेशको स्थायी राजधानी हेटौँडा र प्रदेशको नाम बागमती नै रहने निर्णय गरेको नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले बताउनुभयो । नेपाली कांग्रेस ३ प्रदेश संसदीय दलको यसअघि नै २ पटक बसिसकेको छ । राजधानी र नामाकरणबारे अन्तिम निर्णय गर्न हेटौँडामा शुक्रबार साँझ पुनः सांसदीय दलको बैठक बसेर राजधानी र नामाकरणको बारेमा टुङगो लगाएको हो ।






