प्रदेश ३ मा राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव दर्ता गर्न संसद सचिवालयको सूचना

हेटौंडा । प्रदेश नम्बर ३ को राजधानी र नामाकरण सम्वन्धी प्रस्ताव दर्ता गर्नका लागि सूचना जारी गरेको छ । संसद सचिवालयबाट आधिकारीक रुपमा सूचना जारी भएको हो । सभामुख सानुकुमार श्रेष्ठले नाम र रराजधानी सम्वन्धी सूचना जारी गर्नुभएको हो ।
सूचना जारी भएसंगै नेकपाले राजधानी हेटौंडा र नाम वागमतीमा दर्ता गराउने तयारी गरेको छ । नेकपाको संसदीय दलको वैठकको निर्णय अनुसार संसदमा नाम वागमती र राजधानी हेटौंडामा दर्ता गर्न लागेको हो ।
सभामुख श्रेष्ठले प्रदेशको स्थायी राजधानी तोक्ने सम्बन्धी कार्य्विधि २०७६ को अनुसूचि–१ बमोजिमको ढाँचामा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले सिफारिस गरेको जिल्ला मध्येबाट प्रदेशको राजधानी सम्बन्धी प्रस्ताव दर्ता गर्न र प्रदेशको नामाकरण सम्बन्धी कार्य्विधि २०७६ को अनुसूचि–१ बमोजिमको ढाँचामा प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव दर्ता गर्न समय प्रदान गर्नुभएको हो ।
सभामुखले भोली शनिवार बिहान ९ बजेदेखि ११ बजेसम्म प्रदेशसभा सचिवालयमा प्रदेशको राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव गर्न प्रदेशसभा सदस्यहरुलाई सूचना गर्नुभयो । संसद वैठक भोली चल्ने छ ।