नेकपा प्रदेश–३ संसदीय दलको वैठक चल्दै

राजधानी हेटौंडा र नाम वागमतीको प्रस्ताव संसदमा दर्ता गर्ने तयारी
जनपत्र
२५ पुष २०७६, शुक्रबार १३:०१

हेटौंडा । नेकपा प्रदेश–३ संसदीय दलको वैठक चल्दै छ । विहान ११ वजे वस्ने भनिएको संसदीय दलको बैठक केही समय ढिलो गरी वसेको थियो ।

वैठकपछी प्रदेशको राजधानी हेटौंडा र नाम वागमतीको प्रस्ताव संसदमा दर्ता गर्ने तयारी गरिएको छ । तर, केही सांसदहरुले अरु जिल्लाको पनि नाम दर्ता गराउने भनेका छन् । प्रदेश ३ को सत्तारुढ दल नेकपा संसदीय दलको बैठकले आज राजधानी र नामाकरणका विषयमा निर्णय गर्ने तयारी थालेको नेकपा संसदीय दलका नेता रामेश्वर फूयालले वताउनुभयो ।

नेकपा सचिवालयले प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मती राख्न संसदीय दल र प्रदेश कमिटीलाई निर्देशन दिएपछि मुख्यमन्त्रीको सक्रियतामा आज बिहीवार दलको बैठक पाँचौ पटक बसेको हो । पार्टी निर्देशन अनुसार राजधानी र नाममा सहमती जुटाउन संसदीय दलको बैठकमा प्रयास भइरहेको छ ।

आजको बैठकले आगामी प्रदेशसभा बैठकमा राजधानी हेटौंडा र नाम बाग्मती मात्रै प्रस्ताव लैजाने निर्णय गर्ने स्रोतले जानकारी दिएको छ । पार्टीको निर्देशन अनुसार ह्विप जारी हुने बताइएको छ । असन्तुष्ट सांसदहरुले राजधानी सम्भाव्यता अध्ययन समितिको प्रतिवेदन अनुसार पाँचवटै जिल्लाको नाम प्रस्तावमा लैजानु पर्ने विषय उठाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*