प्रदेश राजधानी हेटौंडाः नेकपा भित्र एक मत, संसदमा सहमतीको प्रयास

जनपत्र
२५ पुष २०७६, शुक्रबार ०८:०९

हेटौंडा । प्रदेश राजधानी हेटौंडा कायम गर्न नेकपा भित्र एक मतको प्रयास थालिएको छ । स्थायी राजधानी हेटौंडा कायम गर्नका लागि प्रदेशसभामा नेकपा एक मत भएर अगाडी वढ्ने नेकपा प्रदेश ३ का प्रमुख सचेतक रामेश्वर फूयालले वताउनुभयो ।

स्थायी राजधानी हेटौंडा कायम गरेर नाम वागमती राख्नेमा नेकपाका सवै सांसद एक हुने उहाँले वताउनुभयो । नेकपा संसदीय दलको वैठक चलिरहँदा पनि प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेश लगायतका दलहरुसंग पनि सर्वसहमतीको प्रयास भईरहेको छ ।

राजधानी र नामाकरणका विषयमा दलहरुसंग सर्वसहमती गर्ने र नेकपाभित्र एक मत हुने प्रयास भइरहेको उहाँले वतायनुभयो । सर्वसहमतीको प्रयासका लागि अनौपचारिक रुपमा दलहरुसंग छलफल चलाइएको उहाँले वताउनुभयो ।

नेकपाको संसदीय दलको आजको वैठकले प्रदेशको स्थायी राजधानीका विषयमा निर्णय गर्ने तयारी गरिएको छ । राजधानी र नामाकरणका विषयलाई लिएर सांसदहरुका विचमा वैठक चलेको आज पाँचौ दिन हो । हरेक दिन नाम र राजधानीका विषयमा संसदीय दलले निर्णय गर्ने भनेपनि विना निष्कर्ष वैठक स्थगित हुने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*