९ वर्षे मास्टरमाइन्ड, जो अब गर्दैछन् पिएचडी

जनपत्र
२५ पुष २०७६, शुक्रबार ०७:२९

एक नौ वर्षे मास्टरमाइन्डले अब केही दिनमा नै ब्याचलर्स डिग्रीको सर्टिफिकेट पाउँदै छन् । बेल्जियमका लौरेन्ट सिमोन्सले अहिले इलेक्ट्रिकल इन्जिनियरिङ पढ्दै छन् । इन्डहोभन विश्वविद्यालयमा पढिरहेका उनले त्यस्तो जटिल विषय छानेका छन् जुन वयस्कहरुका लागि पनि समस्या मानिन्छ ।

‘अत्यन्त दुर्लभ र अद्वितीय,’ उनलाई पढाउने शिक्षकहरुले उनीबारे सिएनएनलाई बताएका छन् । उनले अब डिसेम्बरमा डिग्री पाउने छन् । त्यसपछि उनी पिएचडीका लागि काम गर्ने र उनले मेडिसिनमा पनि पिएचडी गर्ने उनका बाबुले बताएका छन् । उनका आमा र बाबुले पहिले सिमोन्सका हजुरबाले भनेको कुरा पत्याएका थिएनन् । सिमोन्सका हजुरबाले उनी अद्वितीय क्षमताको भएको बताएका थिए ।

‘तर, कक्षामा शिक्षकहरुले पनि बताए,’ उनकी आमाले भनेकी छिन्, ‘यो कसरी भयो भन्ने मलाई थाहा छैन ।’ तर, उनले व्यंग्य गर्दै भनेकी छिन्, ‘म गर्भवती हुँदा मैले निकै धेरै माछा खाएकी थिएँ ।’

उनको यही अस्वभाविकता देखेर नै विश्वविद्यालयले उनलाई अध्ययन गर्न दिएको थियो । उनका बारेमा पनि विश्वविद्यालयका प्रोफेसरहरुले निकै धेरै प्रशंसा गरेका छन् । उनले कुनै पनि कुरा सम्झिनका लागि कुनै समस्या नभएको त्यहाँका शिक्षकहरुले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*