प्रदेशसभा वैठकः राजधानी हेटौंडाका विषयमा सांसदहरुकै जुहारी

हेटौंडा । प्रदेश ३ को प्रदेशसभाको वैठकमा बोल्नेक्रममा प्रदेशको स्थायी राजधानी हेटौंडाको पक्ष र विपक्षमा बोल्ने सांसदहरुको दुईदिन देखि जुहारी चलेको छ । हिजो पनि हेटौंडा उपयुक्त छ की छैन भन्ने विषयमा सांसदहरुका विचमा जुहारीनै चलेको छ । केही सांसदहरुले हेटौंडाको पक्षमा बोलेपनि केहीले भने हेटौंडा धेरे कारणले उपयुक्त छैन भन्दै वैठकमा जवाफ दिएका छन् ।
प्रदेश राजधानी र नामाकरणको विषयमा सांसदहरुले बोल्नेक्रम जारी रहेकाले नाम र राजधानीका विषयमा मतहदान गर्ने क्रम पछाडी धकेलिएको छ । यही विषयमा नेकपा संसदीय दलको वैठकमा पनि बोल्ने र संसद वैठकमा पनि आफ्ना धारणा व्यक्त गर्दै सांसदहरुले राजधानीका विषयमा चर्को आवाज उठाएका छन् । नेकपाको निर्देशन मान्न तयार भएपनि धेरै सांसदहरुले हेटौंडाको विपक्षमा आफ्ना कुरा राखेका छन् ।
बैठकमा प्रदेश राजधानी विशेष समितिको प्रतिवेदनमाथी सांसदहरुले धारणा राख्ने क्रम जारी रहेको हो । बैठकमा सांसदहरुले प्रदेशको राजधानी कायम गर्दा भौगोलिक सुगमता, जनसांखिक अवस्था, जनताको माग र रणनीतिक महत्वको आधारमा निर्णय हुनुपर्नेमा जोड दिएका थिए । कुनै राजनैतिक दलको सचिवालयले निर्देशन दिने कामले संविधान र संसदको अधिकार हनन भएको भन्दै स्वविवेकीय अधिकार प्रयोग गर्नुपर्नेमा जोड दिए ।
वैठकमा प्रदेशसभा सदस्य मुनु सिग्देलले हेटौंडा राजधानीको विकल्प नभएको बताउनुभएको छ । मकवानपुरबाट निर्वा्चित सांसद सिग्देलले इतिहासको कालखण्डदेखि नै मकवानपुरमा राजाहरुले शासन गरेर बसेको बताउनुभयो । विगतमा १९ जिल्लाको सदरमुकाम रहेको हेटौंडा प्रदेश ३ को राजधानीको लागि उपयुक्त रहेको बताउनुभयो ।
सिग्देलले दुईतिहाइले हेटौंडालाई राजधानी बनाउनु पर्ने बताउनुभयो । प्रदेशसभा सदस्य रमेश पौड्यालले काभ्रेकै पक्षमा बोल्ने सांसदहरुले किन खुट्टा कमाएको भन्दै प्रश्न गर्नुभयो । प्रदेशको राजधानी काभ्रे बनाउनु पर्छ भनेर बोल्ने काभ्रेका सांसदहरुको बोली लरबरिएको सांसद पौड्यालले बताए । उनले काठमाडौंबाट म्यासेज आएको भन्दै लरबरिएको दावी गर्नुभयो । उहाँले राजधानी हेटौंडा नभई काभ्रे नै उपयुक्त हुने बताउनुभयो । प्रदेशसभा सदस्य राजकाजी महर्जनले प्रदेश ३ को नाम नौलो राख्न प्रस्ताव गरेका छन् । महर्जनले नेताहरुले ठाडो निर्देशन दिएको कारण प्रदेशको नाम ‘नेताबा’ राख्न पर्ने भन्दै व्यङ्ग्य गर्नुभयो ।
छलफलमा सांसदहरुले काभ्रे र हेटौंडालाई राजधानी बनाउने विषयमा आ–आफ्नो धारणा राखेका छन् । सांसद रवीन प्रसाद पाण्डेले संविधानले दिएको विशेष अधिकार अनुसार प्रदेशले राजधानी र नाम तोकोस् भन्ने आग्रह गर्नुभयो ।
भौगोलिक सुगमता, औचित्य सामर्थ, सबै दृष्ठिकोणले १३ जिल्लामध्ये ३२ लाख जनखंख्या बसोबास गर्ने क्षेत्रले काभ्रे र १३ लाख जनसंख्याले हेटौडालाई नजिक ठान्ने बताउँदै भौगोलिक सुगमता र सिंहदरबारको शासन जनताको विचमा ल्याउन काभ्रे उपयुक्त भएको बताउनुभयो ।
उनले १० जिल्लाले हामी छुट्टै राजधानी घोषणा गर्छौँ भन्ने दिन आउन नदिन पनि काभ्रेमा प्रदेश राजधानी तोकिनुपर्ने बताउनुभयो ।
सांसद प्रेमबहादुर पुलामीले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिमा हेटौंडा राजधानी तोकेकाले त्यसलाई नबिगार्न माग गर्नुभयो । सांसद केशवराज पाण्डेले भने नुवाकोट प्रदेशको राजधानी बनाउनुपर्ने धारणा राखनुभयो । नुवाकोटामा आफ्नो घर भएर मात्र नभइ काठमाडौंको जनघनत्व कम गर्न उपयुक्त ठाउँ नुवाकोट भएकाले प्रदेश राजधानी नुवाकोट हुनुपर्ने बताउनुभयो ।
नेकपाका सांसदहरुले प्रदेश राजधानी र नामाकरणको विषयमा केन्द्रको निर्देशन मान्ने भएपनि संसदमा भने आफ्ना जिल्ला वासीहरुलाई रिझाउन पनि राजधानी हेटौंडाको विपक्षमा बोलेका छन् । प्रदेशसभा बैठक भोली ३ वजे सम्मका लागि स्थगित भएको छ । आजको बैठकमा प्रदेश ३ को राजधानी सम्भाव्यता अध्ययन समितिको प्रतिवेदनमाथि छलफल भएको छ ।
छलफलको क्रममा प्रदेशको राजधानी हेटौंडा, काभ्रे राख्नु पर्छ भन्ने विषयमा प्रदेशसभा सदस्यहरुको मिश्रित धारणा आएको छ । हेटौंडामा जारी प्रदेशसभा बैठकमा केशव प्रसाद पोखरेलले हेटौंडा आउने बाटो २ वर्षसम्म नबनाएको भन्दै प्रश्न उठाउनुभयो । उहाँले अस्थायी राजधानी भएको २ वर्षसम्म हेटौंडा आवतजावत गर्ने छोटो मार्ग सुधार नभएको भन्दै गुनासो गर्नुभयो ।
राजधानी काभ्रे उपयुक्त भएको उहाँको भनाई छ । बैठकमा बोल्दै कांग्रेस सांसद निमा लामाले मुटु माथि ढुंगा राखी नहास्न बरु छाती माथि हात राखेर राजधानीको विषयमा निर्णय आग्रह गर्नुभयो । हिजो संसदमा बोल्ने काभ्रेबाट निर्वा्चित सदस्य बसुन्धारा हुमागाईंले राजधानीको विषयमा निर्णय गर्न सकस परिरहेको सन्दर्भ कोट्याउँदै मुटु माथि ढुंगा राखी हास्नु पर्या छ भनी बोलेको विषयलाई सिन्धुपाल्चोकबाट निर्वा्चित प्रदेश सदस्य लामाले जोड्दै आज यस्तो वताउनुभयो ।
मकवानपुरबाट निर्वा्चित प्रदेशसभा सदस्य सन्तराम चेपाङले प्रदेशको राजधानी हेटौंडा उपयुक्त भएको बताउनुभयो । उहाँले चेपाङ भाषालाई पनि जोडेर प्रदेशको नाम राख्न आग्रह गर्नुभयो । प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्य राजेन्द्रमान श्रेष्ठले सकेसम्म काभ्रेमा राजधानी राखौं त्याहाँ सम्भव नभए मकवानपुरको फाखेलमा राजधानी राख्न आग्रह गर्नुभयो । उहाँले फाखेलमा राजधानी राख्न नयाँ शिराबाट बहस र छलफल गर्न आग्रह गर्नुभयो ।