नेकपा प्रदेश–३ संसदीय दलको बैठक चौथो दिन पनि निष्कर्षविहिन

प्रदेश राजधानी हेटौंडा र नाम वागमती तोक्ने केन्द्रको निर्णय गर्न पनि चार दिन सम्म संसदीय दलको वैठक वसेर निष्कर्ष निकाल्न सकेन ।
जनपत्र
२४ पुष २०७६, बिहीबार १७:०७

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश–३ संसदीय दलको आज चौथो दिन पनि निस्कर्ष विहिन वनेको छ । वैठक भोली फेरी ११ वजे वस्ने तयारी गरेको छ । प्रदेश ३ को राजधानी हेटौंडा र नाम वागमती तोक्ने केन्द्रीय सचिवालयको निर्णय र निर्देसनको बमोजिम निर्णय गर्न पनि गर्न चार दिन सम्म संसदीय दलको वैठक वसेर निस्कर्ष निकाल्न सकेन ।

सधै वैठक वस्ने तर, हेटौंडा राजधानीको पक्ष र विपक्षमा कुरा राख्ने केन्द्रको निर्देशन मान्ने र नमान्नेमै संसदीय दलको वैठक अल्झिएको हो । सांसदहरु पहिलो पटक बोल्दा पनि नाम र राजधानीका विषयमा कुरा राखेपनि फेरी दोस्रो पटक पनि त्यही कुरा दाहो¥याएरु राख्दा संसदीय दलको वैठक लम्बीएको हो । संसदीय दलको वैठकमा पनि त्यही कुरा राख्ने र संसद वैठकमा पनि त्यही राख्ने गर्दा संसद वैठक र संसदीय दलको वैठक लम्बीएको एक सांसदले वताए ।

३ नम्बर प्रदेशको स्थायी राजधानी र नामाकरणको टुंगो लगाउन मूख्यमन्त्रीको सरकारी निवास हेटौँडामा बसेको बैठक बिना चार दिन देखि निष्कर्ष टुंगिएको हो । बैठक शुक्रबार विहान ११ बजे बस्ने भएको छ । बैठकमा सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए । प्रदेश संसदीय दलभित्र रहेका केन्द्रीय नेतृत्व र नेकपा ३ नम्बर प्रदेशका नेतृत्वबीच थप छलफल गर्ने भन्दै बैठक स्थिगित भएको मूख्य सचेतक रामेश्वर फुँयालले बताउनुभयो ।

बैठकमा संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणी पौडेल, उपनेता एवं आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल, मन्त्रीहरु, सांसद एवं नेकपा ३ नम्बर प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, सह–इन्चार्ज काशीनाथ अधिकारी लगायतको आफ्ना धारणा राखिसकेका छन् । भाषण गर्न माहिर रहेका सांसद र मन्त्रीहरुले एउटै कुरामा चार दिन सम्म वैठक वसेपनि निस्कर्ष निकाल्नुको सट्टा पाँचौ दिन पनि वैठक वस्ने भएका हुन् ।

प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लगाउने आवश्यक दुई तिहाई रहेको यसअघि पनि पुस १८ देखि २० गतेसम्म नेकपाको संसदीय दलको बैठक बसेपछि सहमति जुट्न सकेको थिएन । आज विहान वसेर वैठकले निर्णय गरेर निस्कने भनेपनि त्यो निर्णय हुन सकेन ।
प्रदेशको राजधानी हेटौंडा र नाम वागमती राख्ने विषयमा दोस्रो पटक नेकपाको सचिवालयले निर्देशन दिएपछी अव यो निर्णलाई कार्यान्वयन गर्ने प्रतिवद्धता सहित शिर्षस्थ नेताहरु हेटौंडा फर्किएका छन् । राजधानीका विषयमा करिव एक हप्ता देखि काग्रेश, नेकपा लगायतका पार्टीका सांसदहरुले निकै बहस र छलफल गरेका छन् । अव भने केही दिनमा राजधानी र नामाकरणका विषयमा महतदान गर्ने तयारी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*