प्रदेश–३ नेकपा संसदीय दलको वैठक सुरु

स्थायी राजधानी हेटौंडा र नाम वागमती तोक्ने तयारी
जनपत्र
२४ पुष २०७६, बिहीबार ०८:२५

हेटौंडा । प्रदेश नम्बर–३ नेकपा संसदीय दलको वैठक मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा सुरु भएको छ । वैठकमा नेकपाका धेरैजसो सांसदहरु उपस्थित छन् । संसदीय दलको वैठकले प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम वागमती तोक्ने तयारी गरेको नेकपाका प्रमुख सचेतक रामेश्वर फुयालले वताउनुभयो ।

नेकपाका सांसदहरुले यसअघि प्रदेशको नामाकरणमा खासै कुरा नउठाएपनि प्रदेश राजधानीका विषयमा संसदीय दलको वैठकमा तीन दिन सम्म आफ्ना धारणा राखेका छन् । फेरी पनि बाँकी सांसद र नेकपाका प्रदेश कमिटीको नेतृत्व गरिरहेका नेताहरुले यसविषयमा धारणा राख्नेक्रम छ ।

प्रदेशको राजधानी हेटौंडा र नाम वागमती राख्ने विषयमा दोस्रो पटक नेकपाको सचिवालयले निर्देशन दिएपछी अव यो निर्णलाई कार्यान्वयन गर्ने प्रतिवद्धता सहित शिर्षस्थ नेताहरु हेटौंडा फर्किएका छन् । राजधानीका विषयमा करिव एक हप्ता देखि काग्रेश, नेकपा लगायतका पार्टीका सांसदहरुले निकै बहस र छलफल गरेका छन् । अव भने केही दिनमा राजधानी र नामाकरणका विषयमा महतदान गर्ने तयारी गरिएको छ ।

बैठकले राजधानी र नामकरणको विषयमा भोलि एकमत भएर जाने भएकाले निर्णय आउने प्रदेशसभा सदस्य दीपक निरौलाले वताउनुभयो । यसअघि तीन दिनसम्म बैठक बस्दा पनि स्थायी राजधानीको विषयमा सहमति जुटाउन नसकेपछि बैठक स्थगित गरिएको थियो। दलको बैठकमा पार्टी सचिवालयको निर्देशनअनुसार सहमति जुटाउने प्रयास गरे पनि केही सांसदले विरोध जनाएपछि बैठकले निर्णय गर्न सकेको थिएन्।

बैठकमा सहमति नजुटेपछि नेकपा प्रदेश ३ कमिटीका इन्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहालसहित प्रदेशका केही मन्त्री र सांसद अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई भेट्न काठमाडौं पुगेका थिए। अध्यक्षद्वयले सचिवालयले गरेको निर्णय राजधानी हेटौंडा र नाम वाग्मती नै कायम हुने र त्यहीअनुसार मत जाहेर गर्न फेरि निर्देशन दिएपछि प्रदेश कमिटीका पदाधिकारी र मन्त्रीहरु र असन्तुष्ट सांसद सहमति जनाउँदै हेटौँडा फर्किएका थिए।

प्रदेशसभामा राजधानीको विषयमा सांसदको बोल्ने क्रम रोकिएपछि राजधानीको लागि प्रस्ताव हुनेछ। नेकपा संसदीय दलले प्रदेशको राजधानीको लागि हेटौँडा मात्रै प्रस्ताव गर्न सक्छ। यदि काभ्रे प्रस्ताव गर्न खोजे ह्विपु जारी हुन सक्ने संसदीय दलका एक प्रभावशाली सदस्यले वताउनुभयो ।  पार्टी नेतृत्वविरुद्ध नजाने भन्दै नेकपाको तर्फबाट काभ्रे प्रस्ताव नै नहुने सम्भावना रहेको छ। कांग्रेस हेटौंडाको पक्षमा, तर स्वतन्त्र मतदान नेपाली कांग्रेसभित्र पनि प्रदेशको राजधानीको विषयमा व्यापक छलफल भइरहेको छ।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यसहित केही सांसद कुनै पनि हालतमा हेटौँडा प्रदेशको राजधानी नहुने भन्दै सार्वजनिक रूपमा बोलिरहेका छन्। वैद्यले सोमबार संसदमै नेपाली कांग्रेस प्रदेश ३ का संसदीय दलका नेता इन्द्र बहादुर बानियाँविरुद्ध नै बोल्दै कांग्रेसको एउटा नेताले मात्रै भनेर राजधानी नहुने भनेका थिए। नेपाली कांग्रेसका इन्द्र बानियाँ मात्रै होइन अरू पनि छन् त्यसकारण कांग्रेसमा कुनै पनि ह्विप लाग्दैन।  यद्यपि कांग्रेसका एक सांसदका अनुसार कांग्रेसको प्रदेश संसदीय दलमा आन्तरिक सहमति आफ्नै सरकारले राखेको राजधानी हेटौँडामा नै मतदान गर्ने निर्णय भएको छ।

ती सांसदले भने कांग्रेसले देउवा सरकारले तोकेको राजधानी हेटौँडा सार्ने पक्षमा मतदान गर्दैन यो निर्णय गरेर नै अन्डरलाईन गरिएको छ। तर लोकतान्त्रिक पार्टी भएकोले ह्विप भने लाउँदैन। ह्विप नलाउने पनि निर्णय सँगै रहेको छ। काभ्रेको पक्षमा विवेकशील प्रदेश ३ संसदमा तेस्रो शक्तीमा रहेको विवेकशील नेपालीले भने काभ्रेको पक्षमा बोल्दै आएको छ। काभ्रे नै प्रदेश राजधानीको लागि उपयुक्त भएको भन्दै प्रस्तावको लागि पर्ख र हेरु शैलीमा रहेको छ। राजधानीको लागि नेकपा र कांग्रेसबाट काभ्रेमा प्रस्ताब नभए विवेकशीलले प्रस्ताब गर्ने तयारी गरेको विवेकशीलका सांसद रमेश पौड्याल वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*