सृष्टिको ‘चिसो एस्ट्रे’ रिलिज घोषणा

जनपत्र
२४ पुष २०७६, बिहीबार ०६:४१

दिनेश पाल्पाली ‘दिन्श’ को निर्देशन रहेको फिल्म ‘चिसो एस्ट्रे’ को प्रदर्शन मिति घोषणा गरिएको छ । गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रा समेटिएको फिल्म जेठ १६ बाट प्रदर्शनामा आउने निश्चित भएको छ । आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा फिल्मले पेश गर्ने बताइएको छ । फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् ।

निर्देशक दिन्शले यसअघि ‘बालकृष्ण सम स् अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए, जुन काठमाडौं पर्वतीय फिल्म महोत्सव ९किम्फ० सँगै थाइल्यान्ड, क्यालीफोर्निया, चीन आदि देशका फिल्म महोत्सवमा छनोट भइ विभिन्न अवार्ड जित्न सफल भएको थियो । निर्देशक पाल्पालीले फिल्मले मुख्य चार चरित्रमार्फत् मानिसको अन्तरयात्राको कथालाई पर्दामा प्रस्तुत गर्ने जमर्को गरेको बताए ।

‘फिल्मले गाउँबाट सहर आएर आधुनिक बन्न खोज्ने एक युवाको कथा भन्छ,’ दिन्शले भने, ‘तर, आधुनिक बन्ने चक्करमा उसले आफूलाई नै गुमाउन पुग्छ । आधुनिक बन्न उसले गर्ने यात्रा र यात्राका क्रममा भेट्ने अरु यात्रुको कथा नै चिसो एस्ट्रे हो ।’ फिल्ममा दिव्य देव, निकुन श्रेष्ठ, नविन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको छ ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मको निर्माण प्रबिन स्याङ्बोले गरेका हुन् । फिल्ममा दिन्शले लेखनसँगै गीतकारको पनि भूमिका निभाएका छन् । फिल्ममा अजर जंगमको संगीत र उज्जल बस्ताकोटीको छायांकन रहेको छ । फिल्मलाई काठमाडौंमा रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले वितरण गर्नेछ भने काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*