प्रदेशसभा वैठकः राजधानी हेटौंडाको पक्ष र विपक्षमा

संसद वैठकमा बोल्ने अधिकांस सांसदहरुले बोल्ने क्रममा जुन जिल्लाबाट प्रतिनिधित्व गरेका छन् । त्यही जिल्ला राजधानी उपयुक्त रहेको धारणा व्यक्त गरेका छन् ।
जनपत्र
२३ पुष २०७६, बुधबार १७:०८

हेटौंडा । प्रदेश ३ को स्थायी राजधानी र नामाकणको विषयमा निर्णय गर्न सुरु भएको प्रदेश सभाको हिउँदे अधिवेशनका सांसदहरुले आफ्ना धारणा राखेका छन् । प्रदेशसभामा बोल्ने अधिकांस सांसदहरुले स्थायी राजधानी हेटौंडाको पक्ष र विपक्षमा आफ्ना धारणा राखेका छन् । केही हेटौंडा राजधानी उपयुक्त भनेपनि केहीले भने जुन जिल्लाबाट आफु सासद भएको जिल्ला हो त्यही जिल्लामा राजधानी राखिनुपर्ने वताएका छन् ।

प्रदेशसभा बैठकमा सांसद बलाराम पौडेलले सबै हिसावले हेटौँडानै राजधानी हुन उपयुक्त रहेको बताएका छन् । हेटौँडा देशको ठुलो नाकासँग जोडीएको र सुरक्षाको दृष्टिकोणले पनि हेटौँडा उपयुक्त रहेको उनले बताए । प्रदेशसभा बैठकमा सांसद लक्ष्मण लम्सालले प्रदेश नंबर ३ को राजधानीको लागि काभ्रे सबैभन्दा उपयुक्त रहेको बताएका छन् ।

अधिकांश प्रदेशसभा सदस्यहरुले काभ्रेलाई सबैभन्दा उपयुक्त रहेको महशुस गरेको कारण पनि काभ्रेलाई राजधानी बनाउनको लागि आग्रह गरे । प्रदेशसभा बैठकमा सांसद इन्द्रमाया गुरुङले जनमतको कदर गरेर राजधानी तोक्नुपर्ने बताईन् । उनले राजधानीको हेटौँडा अलि टाढा भएको बताईन् ।

आज भइरहेको प्रदेशसभा बैठकमा चितवनका सांसद दिनेश सुवेदीले प्रदेशको राजधानी हेटौंडालाई समर्थन गरेको बताएका छन् । उनले हेटौंडा हरेक दृष्टिकोणले हेटौंडा राजधानी उपयुक्त भन्दै चितवनको समर्थन हेटौंडाको पक्षमा रहेको उनले बताए । उनले काठमाडौं वरिपरी राजधानी राखेर काठमाडौंको जनघनत्व बढाउन नहुने तर्क राखे ।

उनले काभ्रे, भक्तपुरलाई राजधानी बनाएर जान नहुने बताए । सुवेदीले चितवनले पनि राजधानी खोजेको भन्दै हेटौंडालाई नै राजधानी मानेर जानुपर्ने बताए । अस्थायी राजधानी भइसकेको हेटौंडालाई स्थायी कायम गर्नुपर्ने बताए । राष्ट्रिय राजनीतिको हिसाबले पनि हेटौंडा राजधानी चाहिने र सान्दर्भिक रहेको उनले बताए । सुरुङमार्ग निर्माण भयो भने चितवन भन्दा काठमाडौं हेटौंडाबाट नजिक हुने सुवेदीले भने ।

नुवाकोट, रसुवा, दोलखाको लागि मकवानपुर कति सहज भन्ने प्रश्न समेत ब्यक्त गरिन् । सांसदहरुलाई हेटौँडा आउन समस्या नभएपनि जनतालाई आउन भने समस्या भएको बताईन् । उनले जनताको भावनालाई कदर गरेर मात्र राजधानी तोक्नुपर्ने बताईन् ।प्रदेशसभा बैठकमा सांसद लक्ष्मण लम्सालले प्रदेश नंबर ३ को राजधानीको लागि काभ्रे सबैभन्दा उपयुक्त रहेको बताएका छन् । अधिकांश प्रदेशसभा सदस्यहरुले काभ्रेलाई सबैभन्दा उपयुक्त रहेको महशुस गरेको कारण पनि काभ्रेलाई राजधानी बनाउनको लागि आग्रह गरे ।

प्रदेशसभा सदस्य विद्या श्रेष्ठले राजधानी हेटौंडा नै हुनुपर्ने बताएकी छिन् । उनले हेटौंडा राजधानी हुँदा कसैलाई असहज नहुने तर्क राखिन् उनले सुरुङ मार्गको डीपीआरको काम भइरहेको भन्दै फष्ट ट्रयाक बनेपछि हेटौंडा नजिक हुने जिकिर गरिन् । उनले पहिला पनि १९ वटा जिल्लाको सदरमुकाम भएको हेटौंडामा राजधानी उपयुक्त हुने बताइन् । वातावरण, व्यापारिक केन्द्र भएकोले हेटौंडालाई राजधानी बनाउनु पर्ने उनले बताइन् । हेटौंडामा एयरपोर्ट आवश्यक रहेको उनले बताइन् । हेटौंडा सबैकुराले उपयुक्त भए पनि एयरपोर्ट नहँुदा समस्या हुने बताइन् ।

उपत्यकाबाट निर्वा्चित कांग्रेस सांसद नरोत्तम वैद्यले हेटौंडा राजधानी हुँदै नहुने भन्दै आज पनि संसदमा आफ्नो धारणा राखेका छन् । सोमबारको बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदनमाथि सभामा छलफल गर्दै उनले हेटौंडामा कांग्रेसको समर्थन नहुने भन्दै सार्वजनिक रुपमा बोलेपछि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले ‘हप्काए’का थिए । बानियाँले अस्थायी राजधानी हेटौंडा कांग्रेस सरकारकै निर्णय भएकोले कांग्रेस सांसदहरुले राजधानी हेटौंडामा समर्थन गर्नुपर्ने भन्दै वैद्यलाई सुझाएका थिए ।

बानियाँले सुम्झए पनि वैद्य आजको बैठकमा फेरि बट्टारिएका छन् । उनले दलकै नेताको निर्देशन अटेर सुरु देखि नै गरिरहेका छन् । उनले राजधानी काभ्रे राजधानी उपयुक्त भएकोब बताए । कांग्रेसले हेटौंडाको पक्षमा समर्थन नगर्ने बताए । प्रदेश ३ को राजधानी भक्तपुर जिल्ला उपयुक्त रहेको सोही क्षेत्रबाट निर्वा्चित सांसद शशिजंग थापाले बताएका छन् । आज प्रदेशसभाको पाँचौ हिउँदे अधिवेशनको दोस्रो बैठकमा बोल्दै सांसद थापाले राजधानी भक्तपुर सर्वस्वीकार्य हुने दावी गरे । भक्तपुरलाई उपयुक्त हुने सबै सांसदले भनेको थापाले दावी गरे ।
उनले प्रदेश सरकारको लागि पर्याप्त भौतिक संरचना तथा जग्गा उपलब्ध हुने भन्दै राजधानी भक्तपुर बनाउनु पर्ने बताए । प्राविधिक टोलीले पनि भक्तपुरलाई राजधानी तोक्न उपयुक्त भनेको भन्दै उनले भक्तपुरलाई राजधानी तोक्नस पर्ने माग गरे । प्रदेशको १३ वटै जिल्लालाई भक्तपुर राजधानी बनाउँदा सहज हुने उनले बताए । केन्द्रीय सरकारसँग समन्वय गर्न सहज हुने उनको भनाई छ । स्वच्छ, सफा र रमणीय र अन्तराष्ट्रिय विमानस्थल नजिक भएकोले स्थायी राजधानीको लागि भक्तपुर पास गरिदिनु हुन्छ भन्दै आशा व्यक्त गरेको बताए ।
आज भइरहेको प्रदेशसभा बैठकमा काभ्रेबाट निर्वा्चित सांसद बसुन्धारा हुमागाईंले नारायण गोपालको बहुचर्चित मुटु माथि ढुंगा राखी हास्नु पर्या छ गीत सम्झिए । संसदमा बोलेर अन्तिममा बिदा माग्नु अघि सांसद हुमागाईंले नारायण गोपालको यो गीत सम्झिएका हुन् । उनी नेकपामा आवद्ध छन् । आफ्नै पार्टीको केन्द्रीय सचिवालयले राजधानी हेटौंडा र नाम बाग्मती राख्ने निर्णय गरेपछि उनले मुटुमाथि ढुंगा राखी हास्नु पर्या छ भनेका हुन् ।

सांसद हुमागाईंले राजधानी काभ्रे उपयुक्त हुने बताएका छन् । प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिको प्रतिवेदनले पनि काभ्रेलाई प्राथमिकतामा राखेको उनले बताए । प्रतिवेदन हेरेर पनि राजधानी तोक्न उनले आग्रह गरिन् । प्रदेशका ८ जिल्ला काभ्रेसँग सिमाना जोडिएको भन्दै उनले प्राकृतिक सौन्दर्यताले पनि काभ्रे राजधानी बनाउँदा उपयुक्त हुने दावी गरे । प्रदेशको राजधानी हेटौंडा राख्दा दुईवटा सिन्धुली र चितवनलाई मात्रै उपयुक्त हुने बताए । राजधानीको विषयमा गम्भिररुपले सोच्नु पर्ने बताए । काभ्रे राजधानी हुँदा सांसदहरुलाई धेरै सजह हुने र खर्च जोगिने उनले बताए ।

राजनीतिक दलको सल्लाह, सुझाव लिनु पर्छ । उनले स्थायी राजधानी बनाउने गम्भिर कुरा भएको बताउँदै सोचेर मतदान गर्न आग्रह गरे । प्रदेश ३ को राजधानी भक्तपुर जिल्ला उपयुक्त रहेको सोही क्षेत्रबाट निर्वा्चित सांसद शशिजंग थापाले बताएका छन् । आज प्रदेशसभाको पाँचौ हिउँदे अधिवेशनको दोस्रो बैठकमा बोल्दै सांसद थापाले राजधानी भक्तपुर सर्वस्वीकार्य हुने दावी गरे । भक्तपुरलाई उपयुक्त हुने सबै सांसदले भनेको थापाले दावी गरे ।

उनले प्रदेश सरकारको लागि पर्याप्त भौतिक संरचना तथा जग्गा उपलब्ध हुने भन्दै राजधानी भक्तपुर बनाउनु पर्ने बताए । प्राविधिक टोलीले पनि भक्तपुरलाई राजधानी तोक्न उपयुक्त भनेको भन्दै उनले भक्तपुरलाई राजधानी तोक्नस पर्ने माग गरे । प्रदेशको १३ वटै जिल्लालाई भक्तपुर राजधानी बनाउँदा सहज हुने उनले बताए । केन्द्रीय सरकारसँग समन्वय गर्न सहज हुने उनको भनाई छ । स्वच्छ, सफा र रमणीय र अन्तराष्ट्रिय विमानस्थल नजिक भएकोले स्थायी राजधानीको लागि भक्तपुर पास गरिदिनु हुन्छ भन्दै आशा व्यक्त गरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*