हेटौंडा राजधानी र नामाकरणमा सर्वदलिय सहमतीको प्रयास
हेटौंडा । प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा कायम गर्न र नाम वागमती कायम गर्नका लागि नेकपाले सर्वसहमतीको प्रयास थालेको छ । पार्टी भित्र केन्द्रीय नेताहरुको निर्देशन मान्ने र प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेश लगायतका नेताहरु संग सर्व सहमतीको प्रयास थालिएको नेकपाका प्रमुख सचेतक रामेश्वर फुयालले जानकारी दिनुभयो ।
स्थायी राजधानीको टुङ्गो लगाउने काम दुईतिहाइ वहुमतबाट हुने भएकाले दुईतिहाइका लागि नेकपा आफैले पुग्ने भएपनि सर्वसहमतीबाट टुङ्गो लगाउँदा राम्रो हुने वताउँदै उहाँले भन्नुभयो–‘सवै दलहरुसंग सहमतीको प्रयासबाट राजधानीको निर्णय गर्नका लागि गृहकार्य सुरु गरेका छौं ।’
हेटौंडा राजधानी कायम गर्ने विषयमा नेपाली काग्रेश पनि लचिलो वनेको छ । सवैको प्रयासबाट अव केहीदिनमा राजधानीको टुङ्गो लगाउन लागिएको छ । प्रदेशको नामाकरणमा लगभग सवैको सहमती छ । तर, राजधानीमा केही समस्या भएपनि सर्वसहमतीको प्रयास भएको हो ।






