निर्णय सच्याउन देउवा तयार

जनपत्र
२३ पुष २०७६, बुधबार ०६:५१

असन्तुष्ट समूहको निरन्तरको दबाबपछि कांग्रेस सभापति शेरबहादुर देउवा निर्णय सच्याउन तयार देखिएका छन् । गत ११ पुसको केन्द्रीय समिति बैठकबाट बहुमतको निर्णयमार्फत पार्टीको १४औं महाधिवेशनको कार्यतालिका ल्याएका देउवा असन्तुष्ट समूहको निरन्तरको दबाब पछि निर्णय सच्याउन तयार देखिएका हुन् ।

सहमहामन्त्री महतले पार्टीको बैठकबाट भएका विषयलाई बैठकबाट नै सच्याइने बताए । तर त्यसका लागि बैठकमा आउन असन्तुष्ट समूह तयार रहनुपर्ने बताए । ‘उहाँहरूलाई मनाउन घर घर गएकै हो, आउनुभएन । अझै पनि कहाँ जानुपर्ने हो, जान तयार नै हो, बैठकमा आएर छलफल गर्नुप¥यो,’ महतले थपे ।

सभापति देउवाले केन्द्रीय समितिबाट भएको सच्याउँदा नेपाल विद्यार्थी संघ र तरुण दलको विषयलाई समेत सँगै टुंग्याउने मनस्थिति बनाएका छन् । एक नेताले भने, ‘सबै विषय टुंगिन्छ, भागबन्डामा कुरा नमिलेको हो, विभागमा पनि कुरा मिल्छ, नेविसंघ तरुण दलमा पनि समस्या छैन ।’

कांग्रेस काठमाडौं सभापति सबुजकृष्ण बानियाँले बैठकमा केही जिल्ला सभापतिले धारणा राख्न बाँकी रहेका कारण बुधबारसमेत निरन्तर बैठक चल्ने जानकारी दिए । सोमबार १४ जना र मंगलबार १६ जना गरी मंगलबार साँझसम्म ३० जिल्लाका सभापतिहरूले धारणा राखेको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*