आफ्नै छोरीको हत्या गरी जलाउने आमासहित चार जना सार्वजनिक
आफ्नै छोरीको हत्या गरी जलाउने आमासहित ४ जनालाई पर्सा प्रहरीले मंगलबार सार्वजनिक गरेको छ।प्रहरीले आफ्नै छोरीको हत्या गरेको आरोपमा पर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ शिवबर्वा बस्ने बालिकाकी आमा ३० वर्षीया शिवकली देवीसहित सोही ठाउँका ३९ वर्षीय राजेन्द्र महतो तत्वा, २८ वर्षीय सन्तोष महतो तत्वा र वडा नम्बर ८ बस्ने १९ वर्षीय सुबोध भन्ने जितेन्द्र यादवलाई सार्वजनिक गरेको हो।
उनीहरुले करिब तीन हप्ताअघि स्थानीय वीरेन्द्र तत्वाकी १५ वर्षीय छोरी पुनिता कुमारीको हत्या गरी घरबाट २ किलोमिटर पर गाडेका थिए।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट मृतक पुनिताको शव जलाएको अवस्थामा शरिरको आंशिक भागहरु फेला पारेको थियो।पक्राउ परेकी शिवकली बालिका पुनिताकी आमा हुन्। उनका पिता वीरेन्द्र भने फरार रहेका छन्।
पक्राउ परेका चारै जनालाई प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए।






