यस्तो गाउँ जहाँ पुरुष पहिरिन्छन् महिलाको कपडा !

जनपत्र
२३ पुष २०७६, बुधबार ०६:४०

यो थाइल्यान्डको एउटा गाउँको कथा हो । त्यहाँ भूतका कारण केही मानिसहरुको मृत्यु भएको विश्वास गरेपछि त्यहाँका पुरुषहरुले पनि महिलाको कपडा लगाउन थाले । नाखोन फेनम नामको प्रान्तमा पर्ने एउटा गाउँमा सुतिरहेका पाँच जना पुरुषको मृत्यु भयो । त्यसपछि त्यहाँका अन्य पुरुषले पनि महिलाको कपडा लगाउन थाले ।

एक न्युज वेबसाइटमा आएको समाचारअनुसार त्यहाँको गाउँका मानिसहरु एक विधवा भूतका कारण डराएका थिए । अनि उनीहरुले महिलाको कपडा लगाएर त्यो भूतबाट बच्ने उपाय निकालेका हुन् । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*