दैनिक साङला, बिच्छी, गड्यौला, छेपारा खाने यी युवाले राखे नयाँ कीर्तिमान

विश्वमा धेरै प्रतिभा भएका मानिसहरु छन् । धेरैले अनौठा प्रतिभा देखाएर बिश्वलाई चकित पनि पारिरहेका छन्। कसैले त अनौठो र पत्याउनै मुकिस्ल पर्ने कार्य गरेर नयाँ रेकर्ड पनि राखेका छन् ।
यस्तै एक युवकले पनि अनौठो कार्य गरेर विश्वलाई नै चकित पारेका छन् । ती अनौठा प्रतिभा भएका मानिस भारतको तमिल नाडुस्थित कोइम्बटोरका हुन् । उनले साङला , बिच्छी र गड्यौला खाएरै विश्वलाई नै चकित परेका छन् ।
उनले किराहरु खाएरै बिश्वमा कीर्तिमान राखेका छन् । अनौठो कला देखाउने उनी २७ वर्षका जोन पिटर हुन् । उनले आनन्दले साङला , बिच्छी र गड्यौला खान सक्छन् । उनले हरेक बिहान उठेर आधा किलो गड्यौला र खाजाका रुपमा १० देखि २० वटा सम्म छेपारा खान्छन् । दैनिक किरा फट्यांग्रा साथै लञ्चको रुपमा सागपात र गड्यौला खाने गर्छन् ।एजेन्सी