अनमोलसँग लपक्कै सुहाना

जनपत्र
२३ पुष २०७६, बुधबार ०६:२१

अभिनेता अनमोल केसीले अभिनेत्री सुहाना थापाका लागि पहिलो पटक आफ्नो नियम तोडे । उनले अहिलेसम्म कुनै फिल्ममा कुनै अभिनेत्रीसँग दोहोर्‍याएर काम गरेका थिएनन् । तर, ‘ए मेरो हजुर ४’ मा सुहानासँग उनी दोस्रो पटक रोमान्स गर्दैछन् । यो फिल्मको अघिल्लो श्रृंखलामा उनीहरुको जोडीलाई दर्शकले निकै रुचाएका थिए । फिल्म पनि सुपरहिट सावित भएको थियो ।

‘ए मेरो हजुर ४’ को आउँदो माघबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । यो फिल्मलाई तेस्रो पटक अभिनेत्री टर्न निर्देशक झरना थापाले निर्देशन गर्दैछिन् । सुहाना फिल्मस्को ब्यानरमा सुनिल कुमार थापाले निर्माण गर्ने फिल्मको अहिले स्क्रिप्टलाई अन्तिम रुप दिने काम भैरहेको बताइएको छ । फिल्मको कथा अघिल्लो श्रृंखलाभन्दा फरक हुने जानकारी प्राप्त छ ।

‘ए मेरो हजुर ४’ को छायांकनका लागि अभिनेत्री सुहाना अमेरिकाबाट नेपाल आइसकेकी छन् । उनी अमेरिकामा अध्ययनरत छिन् । नेपाल ओर्लिएकी दिन ९शनिवार० उनले ‘कामना अवार्ड’ को पाँचौ संस्करणमा ‘ए मेरो हजुर ३’ बाट नव(अभिनेत्रीको अवार्ड समेत जित्न सफल भएकी थिइन् । यसअघि बैशाखमा ‘डि सिने अवार्ड’ मा पनि उनले नव(अभिनेत्रीको अवार्ड जितेकी थिइन् ।

नेपाल ओर्लिएको तेस्रो दिन ९सोमवार० अभिनेत्री सुहानाको अभिनेता अनमोलसँग भेट भएको छ । सुहाना, अनमोलसँग लपक्कै टाँसिएको तस्विर निर्देशक झरना थापाले आफ्नो आधिकारिक फेसबुकमा साझेदार गर्दै क्याप्सनमा लेखेकी छन्, ‘आउ हात समाइ भागौं । ध्रुवतारापछि जाऊँ । तिमी र म । आकाशमै आउ हराऊँ । बादलको पारी जाऊँ । तिमी र म ‘ए मेरो हजुर ४’ ।’ फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*