प्रदेश ३ राजधानी विवादः नेकपा संसदीय दलको वैठक फेरी स्थगित

हेटौंडा । प्रदेश नम्बर–३ को नेकपा संसदीय दलको वैठक अनिस्चित कालका लागि स्थगित भएको छ । आज विहान ११ वजेका लागि बोलाइएको संसदीय दलको वैठक स्थगित भएको हो । प्रदेशको नाम र राजधानी विषयमा निर्णय गर्नका लागि वस्न लागेको संसदीय दलको वैठक स्थगित भएको नेकपाका प्रमुख सचेतक रामेश्वर फुयालले वताउनुभयो ।
प्रदेश ३ को नामाकरणका विषयमा सवैजसो सांसदहरु सहमत भएपनि राजधानीका विषयमा नेकपा भित्रनै विवाद छ । त्यसैले तीन दिन सम्मको वैठकमा ६४ जना सांसदहरुले आफ्ना धारणा राखेपछी संसदीय दलको वैठक स्थगित भएको थियो । संसदीय दलको वैठक आज मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बोलाइएको थियो । तर, वैठक स्थगित भएको केही सांसदहरुले अझैपनि थाहा पाएका छैनन् ।
यसअघी तीन दिन सम्म वसेको संसदीय दलको वैठकमा केही सांसद तथा मन्त्रीहरुले आफ्ना धारणा राखीसकेपछी प्रदेशको नाम र राजधानीका विषयमा संसदीय दलले निर्णय गर्ने र त्यसपछी प्रदेश सभामा मतदान गर्ने भनीएको थियो । भोली दिउसो ३ वजे सम्ममा नेकपा संसदीय दलको वैठक वस्न सकिने फुयालले वताउनुभयो ।
प्रदेशको नाम र राजधानीका विषयमा सत्तारुढ दल नेकपाका सांसदहरुविचमा कुरा नमिलेपछी संसदीय दलको वैठक पनि सरेको हो । आज बिहान १० वजेका लागि नेकपाका अध्यक्ष र केही सचिवालयका नेताहरु सहितले नेकपा प्रदेशका पार्टीका नेताहरु र प्रदेशसभामा रहेका केही केन्द्रीय सदस्यहरु संगको वैठकपछी मात्र संसदीय दलको वैठक राखीने नेकपाका प्रदेश सांसद राजेन्द्र पाण्डेले वताउनुभयो ।