राजपा नेपाल फुटको संघारमा : महतो, भण्डारी, यादव र झाले सांसद बनाउन करोडौं झ्वाम पारे

जनपत्र
२२ पुष २०७६, मंगलवार ०६:५७

राष्ट्रिय जनता पार्टी नेपाल फुटको संघारमा पुगेको छ । अध्यक्ष मण्डलका चार जना सदस्यहरु क्रमशः राजेन्द्र महतो ९संयोजक०, शरदसिंह भण्डारी, अनिल झा र राजकिशोर यादवले राष्ट्रिय सभा निर्वाचनको उम्मेद्धवार बनाउनको लागि साँढे तीन करोड खाएपछि अध्यक्ष मण्डलका दुई जना सदस्यहरु महन्थ ठाकुर र महेन्द्र राय यादव असन्तुष्ट बनेका छन् । उनीहरु पार्टी नै फुटाउनेसम्मको तयारीमा जुटेको स्रोतको दाबी छ ।

आज बसेको अध्यक्ष मण्डलको बैठकमा महेन्द्र राय यादव त उपस्थित् नै भएनन् । अर्का सदस्य ठाकुर एकछिन उपस्थित् भएर बैठक बहिष्कार गर्न बाध्य भएका थिए । राजपाबाट मृगेन्द्र सिंह यादव र शेखर कुमार सिंहले उम्मेदवारी दिएका छन् । प्रदेश २ मा राजपाको ६९ जना जनप्रतिनिधि छन् । प्रदेशसभामा २५ सांसद र स्थानीय तहका ४४ जना प्रमुख, उप–प्रमुख राजपाका छन् । राजपाले २ सिटको लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सँग सहमति गरेको छ ।

दुवै उम्मेद्धवारसँग पैसाको लेनदेन भने संयोजक महतो र अर्का सदस्य भण्डारीले गरेको राजपा नेपालकै प्रभावशाली नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिएका छन् । दुवै उम्मेद्धवारको नाम सार्वजनिक गरेसँगै पार्टीभित्र उक्त निर्णयलाई लिएर चर्को विरोध समेत भएको थियो । कतिसम्म भने पार्टी मुख्यालयमा समेत दिनहुँ विरोध भैरहेका थिए ।

खासगमा दुवै उम्मेद्धवार एउटै जिल्लाबाट छन् । र, उनीहरु दुवै जना राजावादी नेताको रुपमा परिचित छन् । शेखर कुमार सिंह शरद सिंह भण्डारीनिकट मानिन्छन् भने मृर्गेन्द सिंह राजावादी हुन् । उनी त राजाको पालामा समेत लाभको पदमा थिए । राजपामा यतिवेला अध्यक्ष मण्डलका चार जना सदस्यहरु एकमत देखिएका छन् । खासगमा उम्मेद्धवारसँग असुलेको मोटो रकम बाँडफाँड गरेपछि उनीहरु पार्टीमा एकजुट भएका हुन् । योसँगै उनीहरुले बहुमतको नाममा केही महत्वपूर्ण निर्णयसमेत गर्ने गरेका छन् ।

आजको अध्यक्ष मण्डलको बैठकमा ठाकुर जम्मा २० मिनेटमात्रै बसेका थिए । उनी चार जना सदस्यहरुलाई तपाईहरु जेसुकै गर्नुहोस मलाई मतलव छैन् भन्दै आजको बैठकबाट बाहिरिएका थिए । तर, ठाकुरले अरु नेता तथा कार्यकर्ताहरुलाई भने भेटेका थिए । अर्का सदस्य महेन्द्र राय यादव त झन संयोजक महतोको उम्मेद्धवार चयनको कदमलाई लिएर आक्रोशित छन् । उनी त बैठकमै सहभागी भएनन् । उनीहरुको गुनासो महतो संयोजक भएको बेलामा पार्टीभित्र केही न केही गडबडी हुने गरेको छ । अहिले पनि उनले विगतको जस्तै गडबडी गरेको उनीहरुको आरोप छ । अहिलेपनि महाधिवेशन तयारी समितिको संयोजक ठाकुर छन् । तर, उनको अनुपस्थितिमा चार जना सदस्यहरुले आजको बैठकमा महाधिवेशनसम्बन्धी निर्णय गरेका छन् ।

राजपाबाट उम्मेद्धवार बनेका मृगेन्द्र सिंह यादव र शेखर कुमार सिंहसँग पैसाको लेनदेनको गृहकार्य सुरुमा संयोजक महतो र भण्डारीले गरेका थिए । तर, उनीहरुले पार्टीभित्र यो कदमको विरोध हुने थाहा पाएपछि अर्का दुई जना सदस्य राजकिशोर र अनिल झालाई पनि यसमा सहभागी गराएका थिए । कतिसम्म भने यादव र झालाई केन्द्रिय सरकारको मन्त्री बनाईनेसमेत उनीहरुले मौखिक सहमति गरेको स्रोतको दाबी छ । उम्मेद्धवारसँग असुलेको रकमको ठूलो हिस्सा महतो र भण्डारीको हात परेको छ भने सानो हिस्सामा राजकिशोर यादव र अनिल झाको पनि सहभागिता रहेको राजपानिकट स्रोतको दाबी छ । अध्यक्ष मण्डलका बहुमत सदस्यहरु नै मिलेर लेनदेनको आधारमा निर्णय गर्न थालेपछि पछिल्लो समय ठाकुर रुष्ट छन् । कतिसम्म भने यस्तै पारा रहे पार्टी फुटाउने समेत उनको तयारी छ । यसमा अर्का सदस्य महेन्द्र राय यादवको साथ छ । उनी पनि चार जना सदस्यहरुको यो हर्कतबाट आजित भएका छन् ।

आजपनि पार्टी कार्यालयमा संयोजक महतोको निर्णय र पछिल्लो कदमलाई लिएर चर्को नाराबाजी भएको थियो । पार्टी कार्यालयमा विरोध तथा नाराबाजी गर्ने नेता तथा कार्यकर्ताहरुले चार जना सदस्यहरुले पैसा खाएर बहुमतको निर्णय गरेको आरोप लगाएका छन् । महेन्द्र राय यादव विरामी छन् । उनी भोलि दिउँसो १ बजे नयाँ दिल्ली जाने कार्यक्रम छ । उनको मुटुको समस्या छ । दिल्लीमा रहेको मेदान्तमा उनले उपचारको लागि एपोईन्टमेन्ट लिएका छन् । उनी अब दुई सातापछि मात्रै नेपाल फर्किने कार्यक्रम छ ।

यता, दुई जना अध्यक्ष मण्डलका सदस्यहरु ठाकुर र यादवले बैठक बहिष्कार गर्दापनि चार जना अध्यक्ष मण्डलका सदस्यहरुले राष्ट्रिय सभा निर्वाचनमा मत दिने आफ्ना जनप्रतिनिधी मतदाताहरुलाई प्रशिक्षण दिनेलगायतका महत्वपूर्ण गरेका छन् । उनीहरुले बहुमतको आधारमा गरेको निर्णयअनुसार निर्वाचनको अघिल्लो दिन महोत्तरीको बर्दिवासमा दुई दिने मतदाता प्रशिक्षण दिइने भएको छ । आगामी माघ ७ र ८ गते बर्दिवासमा राष्ट्रिय सभा निर्वाचनमा मत दिने प्रदेश २ का आफ्ना जनप्रतिनिधि मतदातालाई प्रशिक्षण दिइने बैठकपछि अध्यक्ष मण्डल संयोजक राजेन्द्र महतोले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ ।
रिपोटर्स नेपालबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*