२७६ किलोको टुना माछा, १८ लाख डलरमा विक्याे

जनपत्र
२१ पुष २०७६, सोमबार ०६:४७

हरेक वर्षझैँ यस पटक पनि नयाँ वर्षमा जापानको राजधानी टोकियोमा ब्लूफिन टूना माछाको लिलामी भयो।

आइतबार भएको लिलामीमा व्यापारी कियोशी किमुराले १८ लाख अमेरिकी डलरको माछा किने। यो माछाको तौल २७६ किलोग्राम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। कियोशी किमुराले टूना माछाका लागि सबैभन्दा बढी मोल लगाएका थिए। यो मूल्य माछा बजारको हालसम्मकै दोस्रो अधिक रहेको बताइन्छ।

उनले गत वर्ष पनि २ सय ७८ किलो तौल भएको माछा ३३ करोड ३६ लाख जापानी यन हालेर किनेका थिए। यो वर्षको उक्त टुना उत्तरी जापानमा समातिएको थियो। टुना माछा जापानीहरुले मन पारउने परिकारभित्र पर्छ । यो माछा विशेष गरी प्रशान्त महासगरमा पाइन्छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*