हेटौंडाको मामाघर नेपालमा खड्काकोे जन्मदिन

जनपत्र
१९ पुष २०७६, शनिबार १७:२८

हेटौंडा । हेटौंडा अस्पतालका बालरोग विशेषज्ञ डाक्टर हरिवहादुर खड्काले मामाघर नेपालमा गएर आफ्नो जन्मदिन मनाउनुभएको छ । सडक बालबालिकाको उद्दार, परामर्स, आवासीय सेवा सुबिधा शिक्षा, स्वास्थ र पारिवारीक पुर्नस्थापना गर्दै आइरहेको मामाघर नेपाल मकवानपुरमा अस्पतालका बालरोग विषेशज्ञ डा. खड्काले आफ्नो जन्मदिनको खुशियालीमा सहयोग गर्नुभयो ।

आफुले अस्पतालबाट लिदै आएको तलवको आधार महिनाको रकम २५ हजार रुपैयाँ मामाघर नेपाललाई सहयोग गर्नुभयो । खड्काले जन्मदिनको अबसरमा आफ्नो आधा महिनाको तलब बराबरको खाद्यान्न र नगद रु ५ हजार सहित २५ हजार मामाघर नेपाल मकवानपुर लाई सहयोग गर्नुभएको हो ।

उहाँले आजकै दिनदेखि आफू मामाघर नेपालको अभिभावकको रुपमा नियमित साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको समेत मामाघर नेपाल मकवानपुरले जनाएको छ । सडक बालबालिकाको ब्यबस्थापनमा सक्रिय रहेको मामाघर नेपाल यस्तै दान, चन्दा ,उपहार र सहयोगमा संचालित परोपकारी सामाजिक संस्था हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*