हेटौंडाको चुरीयामाइमा हवाइ फायर गरी गाँजा नियन्त्रणमा

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेबाट प्रहरीले लागूऔषध गाजा ५३ केजी सहित चार जनालाई पक्राउ गरेको छ ।
मकवानपुरबाट भारत तर्फ निकासी गर्न लागिएको गाँजा नियन्त्रणमा लिने क्रममा मकवानपुर प्रहरीले चार राउन्ड हवाइ फायर समेत गरेको छ । भारतिय कार र ट्रक मार्फत निकासी गर्न लागिएको गाँजा सहित चार जनालाई पक्राउ गरेर मुद्धा चलाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक यज्ञ प्रसाद भटराईले वताउनुभयो ।
रातोमाटे र चुरीयामाइ विच जंगलबाट चार राउन्ड हवाइ फायर गर्दै भारतिय नम्बर प्लेटको कार डिएल ३ सीएक्यु ४१७२ नम्बरको कारलाई नियन्त्रणमा लिएको हो । ३२ केजी गाँजा सहित भारत मोतिहारी चम्पारण कुडुवा चैनपुर बारवा वस्ने ३७ वर्षिय दिलीप कुमार सिंह, मोतीहारी रघुनाथपुर वस्ने १८ वर्षिय उज्वल कुमार ठाकुर र रौतहट यमुनामाइ गाउँपालिका वडा नम्बर ४ बस्ने २४ वर्षिय विकाश सिंहलाई प्रहरीले फत्राउ गरेको हो ।
यसैगरी रातोमाटेबाटनै गएराती २१ केजी गाँजा सहित एक जनालाई पक्राउ गरिएको छ । मनहरीबाट विरगन्ज तर्फ जाँदै गरेको ना ५ ख ७२६८ नम्बरको ट्रकमा राखेर निकासी गर्न लागिएको गाँजा सहित चालक राक्सीराङ गाउँपालिका वडा नम्बर ५ वस्ने ३५ वर्षिय राजकुमार मोक्तानलार्य प्रहरीले पक्राउ गरेको हो ।