प्रदेश–३ राजधानी र नामाकरणः तत्काल सक्ने मुख्यमन्त्रीको तयारी, सभामुख अझै अलमलमा

जनपत्र
१९ पुष २०७६, शनिबार ०८:३८

हेटौंडा । प्रदेश नम्बर ३ को राजधानी र नामाकरणको काम यही पुस २२ गते राती अवेर सम्म भनेपनि सक्ने तयारी प्रदेश–३ का मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणि पौडेलको तयारी छ । तर, प्रदेशको राजधानी र नामाकरणको टुङ्गो लगाउने सवै काम सक्ने जिम्मेवारी पाउनुभएका सभामुख सानुकुमार श्रेष्ठ अझै अलमलमा हुनुहुन्छ ।

प्रदेशको राजधानी र नामाकरणका विषयमा नेकपाका सांसदहरुको छलफल निकै तातिएको समयमा काठमाण्डौमा रहनुभएका सभामुख सानुकुमार श्रेष्ठ भने पुस २२ गते नै प्रदेशको नामाकरण र स्थायी राजधानीको चुनाव गरिसक्नेमा अझैपनि अलमलमा हुनुहुन्छ । यता नेकपाका संसदीय दलका नेता समेत रहनुभएका मुख्यमन्त्री पौडेलले हिजोको वैठकमै पुस २२ गते अवेर सम्म भनेपनि राजधानी र नामाकरणको काम टुङ्गो लगाइने वताउनुभयो ।

विहीबार प्रदेशसभाको कार्यव्यवस्था परामर्ष समितिको वैठकले पुस २१ गतेको कार्यतालिमा नामाकरणको विषयमा सुझाव मागिने निर्णय गरेको छ । तर, सभामुख श्रेष्ठले पुस २० गते अर्थात भोली फेरी कार्यव्यावस्था परामर्ष समितिको वैठक बोलाउनुभएको छ । त्यसपछी मात्र स्थायी राजधानी तोक्ने चुनावका बारेमा निर्णय गरिने वताउनुभयो ।

सभामुख श्रेष्ठले टेलिफोन मार्फत भन्नुभयो–‘संसद भवनमा भनेजस्तो ठेयाक्कै हुँदैन । राजधानीका विषयमा २२ गते चुनाव हुने नहुने विषयमा भोली वस्ने कार्यव्यावस्था परामर्ष समितिको वैठकले टुङ्गो लगाउने छ । २२ गतेनै राजधानीको विषयमा टुङ्गो लगाउन भ्याइन्छकी भ्याइदैन थाहा छैन । प्रदेशसभामा सवैलाई बोल्न दिनत पर्योनी ।’

प्रदेशको नाम र राजधानी पुस २२ गते सम्ममा अवेर सम्म भने पनि सकेर मात्र निस्कने मुख्यमन्त्री पौडेलले वताउनुभयो । पौडेलले लामो समयदेखि टुङ्गो लगाउन नसकेको नाम र राजधानीको विषय अव बाँकी राख्न नहुने वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*