प्रदेशको नाम र राजधानीका विषयमा एक मत भएर जान्छौ–मुख्यमन्त्री पौडेल

हेटौंडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नाम र राजधानीका विषएमा एक मत भएर जाने वताउनुभएको छ । नेकपा संसदस्य दलको वैठकमा अवसरमा हेटौंडामा वोल्दै उहाँले भन्नुभयो–‘प्रदेशको नाम र राजधानीका विषयमा सांसदहरुले सवैले आफ्ना धारणा राखौं । समयको कुनै पावन्दी छैन । वैठक भोली सम्म पनि चल्न सक्छ । तर, वैठकबाट निस्कीएपछी एक मत भएर निस्कनुपर्छ ।’
प्रदेशको नाम र राजधानी पुस २२ गते सम्ममा अवेर सम्म भने पनि सकेर मात्र निस्कने मुख्यमन्त्री पौडेलले वताउनुभयो । नेकपाका प्रदेशका संसदीय दलका नेता समेत रहनुभएका पौडेलले लामो समयदेखि टुङ्गो लगाउन नसकेको नाम र राजधानीको विषय अव बाँकी राख्न नहुने वताउनुभयो ।
वैठकमा नेकपाका प्रदेश नम्बर ३ का इन्चार्ज तथा प्रदेश सभाका सदस्य अष्टलक्ष्मी शाक्य, पाटीका केन्द्रीय नेता काँशीनाथ अधिकारी, नेता राजेन्द्र पाण्डे, नेकपाका प्रदेशका नेताहरु, प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंङ्गेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल, भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल लगायतकाको सहभागिता रहेको छ । नेकपाका प्रदेशसभाका धेरै जसो सांसदहरु संसदीय दलको वैठकमा सहभागि छन् ।
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) प्रदेश नंबर ३ को संसदीय दलको बैठक भोलीसम्मको लागि स्थगन भएको छ । प्रदेश नंबर ३ को राजधानी र नामाकरणको विषयमा सहमति बनाउने भन्दै आजबाट हेटौँडामा सुरु भएको बैठकमा १७ जना सदस्यहरुले आफ्नो धारणा ब्यक्त गरेको नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले वताउनुभयो ।
८० जना सदस्य रहेको संसदीय दलको बैठकमा पालैपालो धारण राख्ने र भोली साँझसम्मा निर्णय गर्ने तयारी गरेको सचेतक फुँयालको भनाई रहेको छ । बैठकको शुभारम्भ गर्दै मुख्यमन्त्री डोरमणी पौडेलले नेकपाको केन्द्रीय सचिवालयले गरेको निर्णय बमोजिम सहमति बनाउनको लागि सबै सदस्यहरुसँग आग्रह गरेका थिए ।
संसदीय दलको बैठकमा आज बोल्ने १७ जना सांसदहरुले आफ्नो धारणा राख्दै राजधानी र नामाकरणको विषयमा निकै गहन भनाई ब्यक्त गरेको सचेतक फुँयालको भनाई छ । बैठकमा नेकपा प्रदेश तीनका सह इन्चार्ज काशीनाथ अधिकारी, प्रदेश अध्यक्ष नारायण दाहालको समेत उपस्थिती रहेको थियो ।