नेकपा सचिवालय बैठक निष्कर्षहीन, आज पुनः अर्को बैठक

जनपत्र
१८ पुष २०७६, शुक्रबार ०६:३०

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ को सचिवालय बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठक कुनै निर्णय नगरी सकिएको हो । नेकपा प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले आज शुक्रबार बिहान पुनः बस्ने गरी बैठक सकिएको बताए ।

‘बैठकमा राष्ट्रिय सभाका उम्मेदवारबारे छलफल भएको हो, छलफल जारी नै छ, त्यसबाहेक अन्य एजेन्डा थिएन,’ प्रवक्ता श्रेष्ठले भने, ‘अरू कुनै एजेन्डामा छलफल भएको छैन, आज बिहान ८ बजे पुनः बैठक बस्ने गरी टुंगिएको छ ।’ ९ माघमा राष्ट्रिय सभा निर्वाचन हुँदै छ । शुक्रबारको बैठकले उम्मेदवार टुंगो लगाउने बताइएको छ । २० पुसमा उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

तर, बिहीबारको बैठकमा चार घण्टा लामो समयसम्म छलफल भए पनि उम्मेदवारको टुंगो लाग्न सकेन । बैठकमा उम्मेदवारको मापदण्ड निर्माणदेखि उम्मेदवारको छनोट प्रक्रियामा बिवाद भएको एक सचिवालय सदस्यले बताए । १८ जना सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारी दर्तासहितको निर्वाचन कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । जसमा सत्तारूढ नेकपाका ८, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनीत ९अर्थमन्त्री युवराज खतिवडा० को कार्यकाल आगामी फागुनमा सकिँदै छ ।

यसअघि नेकपाले उम्मेदवारको टुंगो लगाउँदा तल्लो कमिटीबाट उम्मेदवारको सिफारिस मागेर टुंगो लगाउने गरेको थियो । तर, यसपटक त्यसो नगरी सचिवालयले नै निर्णय गर्न थालेपछि पार्टीभित्रै प्रक्रिया नमिलेको भन्दै विरोध समेत सुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*