‘रहस्यमय’ गुफा, भूलभुलैयामा पसेपछि बाहिर निस्कन हुन्छ मुस्किल

रतको मेघालयमा एउटा यस्तो गुफा छ, रहस्यमय तरिकाको। वैज्ञानिकहरुले सन् २०१६ मा पत्ता लगाएको उक्त गुफा बालुवा र पत्थरको विश्वमा सबैभन्दा लामो रहेको मानिन्छ। भयावह देखिने यो गुफामा अचम्मको प्रवेशद्वार छ, जो कुनै भूलभुलैया भन्दा कम छैन। गुफाभित्र एक पटक पसेपछि बाहिर निस्कन पनि मुस्किल हुन्छ ।
यो गुफाको नाम हो, क्रेम पूरी। २४।५ किलोमिटर लामो यो गुफा सर्वाधिक वर्षाका लागि चर्चित मासिनरामको हरीभरी वादियोमा १३ वर्ग किलोमिटरमा फैलिएको छ। यो गुफाको खोज करीब ३० वैज्ञानिकहरुको एउटा टीमले गरेको थियो। जसमा भूवैज्ञानिक, जलवैज्ञानिक, जीववैज्ञानिक र पुरात्तवविद सहभागी थिए।
बीबीसीका अनुसार यो गुफाभित्र आपसमा जोडिएका सयौँ बाटाहरु छन्, जुन चक्रव्यूह जस्तै देखिन्छ। यसको आकृति बिल्कुलै फरक देखिने गरेको बताइन्छ। यहाँ प्रचुर मात्रामा जीव, कछुवा, माछा, गोही र चमेरो पनि छन्।
यो गुफाको तापक्रम १६।१७ डिग्री सेल्सियसको आसपास हुन्छ, बाहिरको तापक्रममा जतिसुकै उतारचढाव होस्। यहाँ अक्सिजनको कुनै कमी छैन, किन कि ससाना दरार र दुई वटा प्रवेशद्वार छन्। (एजेन्सी